ढोरपाटनमा सात नाउर र पाँच झारलको सिकार हुँदै

२ कार्तिक २०७८, मंगलवार १४:२० मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

फाेटाे ः ट्याक्स एण्ड ट्रेल

मुलुकको एक मात्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो सिजनमा वन्यजन्तुको सिकार खेल्न सिकारीहरु उकालो लाग्न थालेका छन ।
ढोरपाटन सिकार आरक्षका अनुसार सिकारीहरुको पहिलो टोली ढोरपाटनबाट सिकार ब्लक तर्फ लागेको छ ।
राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट नेपालका हिमालय सफारी, हिमालयन वाइल्ड लाइफ फिटर, ट्याक्स एण्ड ट्रेल प्रालि र ट्राभल एक्पिडिसनबाट विभिन्न देशका ७ जना सिकारीले ७ नाउर र ५ वटा झारलको सिकार गर्न ‘हन्टिङ वुकिङ्ग, लाईसेन्स’ लिएका छन । उनीहरुले कात्तिक २ गतेदेखी मंसिर २५ गतेसम्म ढोरपाटन सिकार आरक्षले तोकेको विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउने छन ।
ढोरपाटन सिकार आरक्षको कार्यालयका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कंडेलले दिएको जानकारी अनुसार हिमालयन सफारीबाट मेक्सिकन सिकारीद्वय फ्रान्सिस्को जोसेभिजानो (Francisco Josevizcaio)ले पूर्वी रुकुममा पर्ने दोगाडी ब्लकमा एक–एक नाउर र झारलको र कार्लोस गुलिरोमो भेकाइनो (CArlos Gulilermo Vizcaino)ले पूर्वी रुकुममै पर्ने सेङ ब्लेकमा एक–एक नाउर र झारलको सिकार गर्न अनुमति लिएका छन ।
त्यसैगरी हिमालयन वाइल्ड लाइफ फिटर मार्फत आउने रसियन सिकारी इभ्रेव सिनोरोभ (Evgery Shirov)ले बाग्लुङमा पर्ने सुनदह ब्लकमा एक/एक नाउर र झारलको सिकार गर्ने भएका छन । ट्याक्स एण्ड ट्रेलबाट आउने युक्रेनका सिकारीद्वय सिर्निया लारिन (Serniy Larin)ले बाग्लुङकै गुस्तुङ व्लकमा एक/एक नाउर र झारल तथा अर्का सिकारी नटालिया लरिन (Nataliya Larina)ले गुस्तुङ ब्लकमै एक नाउरको सिकार खेल्दैछन ।
त्यस्तै, फ्रान्सेली सिकारीद्वय मार्लेर बेनर्ड (Marlier Bernard)ले पूर्वी रुकुममा पर्ने सेङ ब्लकमा एक वटा नाउर र अर्का सिकारी अाेभिनी एन्थोनी (Ovini Anthony)ले सेङ ब्लकमा नााउर र फागुने ब्लकमा एक झारलको सिकार खेल्न राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएका छन ।
‘यो वर्षको पहिलो सिजनमा चार वटा कम्पनीका ७ जना सिकारीले सिकार खेल्ने अनुमति पाएका छन । यी मध्य दुई जनाको एउटा समुह त सिकार ब्लक तर्फ लागेको छ’ प्रमुख संरक्षण अधिकृत कंडेलले भने, ‘यो वर्ष ७ वटा नाउर र ५ वटा झारल सिकारकालागी टेण्डर वीड भएको हो ।’


यस वर्ष सिकार खेल्ने दुरी,भौगोलिक अवस्थिती र समयावधीको आधारमा प्रति नाउरको एक लाख ८० हजारदेखी १ लाख ९५ हजार र प्रति झारलको ८० हजारदेखी एक लाखसम्म शुल्क विड गरेका थिए । यो बाहेक लाईसेन्स, ब्लक रिर्जभेसन र समयावधी आदीका थप शुल्क जोड्दा एउटा नाउरको सिकार शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले जनाएको छ ।
धौलागिरी हिमश्रृखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ तीन जिल्लामा १ हजार तीन सय २५ बर्ग किमी क्षेत्रफलमा फैलिएको क्षेत्रलाई विसं २०४० सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्षले ०४४ सालबाट मात्र सरकारी मान्यता पाएको हो । ढोरपाटन सिकार आरक्षमा असोज–कात्तिक र चैत–बैशाख गरी दुई सिजनमा सिकार गर्न सकिन्छ ।
राष्ट्रिय निकुञ्जबाट सिकार अनुमति लिएका सिकारीले ढोरपाटन स्थित सिकार आरक्षको कार्यालयबाट जंगल प्रवेश अनुमति र तोकिएका सम्पर्क अधिकारीका साथमा मात्र सिकार गन्तब्यमा जान पाउँछन । अनुमति प्राप्त सिकारीले राती सिकार खेल्न, बच्चा र पोथी प्रजातीका वन्यजन्तुको सिकार गर्न पनि निषेध छ ।
सिकारीलाई एकै स्थानमा शिकार गर्न भने निषेध छ । विदेशी पर्यटकले राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण नियमावली २०३० को दपाm ७ को (क), (ख) र (ग)मा उल्लेख भए अनुसारका हतियार खजनाको मात्र प्रयोग गर्न पाईन्छ । मुलुकको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा नाउर, झारल लगाएतका वन्य जन्तुको सिकार खेल्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्ने खुल्ला गर्ने विध्तिय प्रतिस्पर्धाबाट महंगो शुल्क बुझाएर सिकार कम्पनीहरुले हन्टीङ्ग बुकिङ गर्नु पर्छ । ढोरपाटन शिकार आरक्षको मुख्य आकर्षण नाउर अर्थात नीलभेडा (द्यगिभ कजभभउ) हो ।
आरक्षको एक तिहाई भाग हिमाली चरन क्षेत्र/खर्कले ओगटेको छ । एक तिहाई बन तथा पहाडले र बाँकी क्षेत्र मध्यवर्ती क्षेत्र हो । ढोरपाटन उपत्यकामा त्यस क्षेत्रका घोडाहरुको चरन क्षेत्र बनेको छ ।
ढोरपाटन सिकार आरक्षले सेङ, सुनदह, सुर्तिवाङ, वार्से, डोगारी, फागुने र गुस्ताङ्गगरी सात वटा व्लग छुट्टाई दिएको छ । सुर्तिवाङ्ग बाहेक अन्य सवै ब्लकहरुमा नाउर र झारल मार्न पाईन्छ । ढोरपाटन क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु र एक सय ३० प्रजातिका चराचुरुङ्गी पाईन्छन । ८ सय ५२ नाउर, दुई सय झारल रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । ढोरपाटनमा निलभेडा (नाउर) र झारल (हिमाली थार) बढी पाईन्छ । हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डा लगाएतका लोपुन्मुख बन्यजन्तुको भने सिकार गर्न निषेध छ ।