- Loading...
अन्तरिक्षमा पहिलो पटक चलचित्र छायाङ्कन गरेर रुसी टोली पृथ्वी फिर्ता
- पुनहिल डट कम
- ३ साल अघि
- ४१९ पटक पढिएको

विविसीबाट-
पहिलो पटक अन्तरिक्षमा व्यावसायिक चलचित्रको छायाङ्कन गरेर एउटा रुसी टोली पृथ्वी फर्किएको छ।
च्यालेन्ज नामक चलचित्रको छायाङ्कन गर्न निर्देशक क्लिम शिपेन्को र कलाकार युलिया पेरेसिल्ड अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस गएका थिए।
उनीहरू आईएसएसबाट फर्किएर काजकस्तानमा अवतरण गरेको दृश्य पनि छायाङ्कन गरिएको छ।
उनीहरूको आईएसएस बसाइ पनि निकै नाटकीय रह्यो। प्राविधिक समस्या उत्पन्न भएकाले शुक्रवार आईएसएस अनपेक्षित रूपमा केही ढल्किन पुगेको थियो।
आधा घण्टाजति देखिएको उक्त समस्याबाट छायाङ्कन प्रभावित भएको बताइएको छ। उनीहरूलाई बिदा गर्दा खिचिएको एउटा भिडिओ आईएसएसले ट्विटरमा प्रेषित गरेको छ।
त्यसमा गुरुत्वहीनताका कारण पेरेसिल्डको कपाल उडिरहेको देखिन्छ।
उक्त चलचित्र अन्तरिक्षमा नभएर पृथ्वीमै खिचिएको हो कि भन्ने शङ्का त्यसबाट निराकरण हुने उनीहरूको अपेक्षा छ।
यो रुसी चलचित्रले टम क्रूजसँग प्रतिस्पर्धा गर्न खोजेको छ।
नासा र इलोन मस्कको स्पेसएक्स सम्मिलित हुने र अन्तरिक्षमा छायाङ्कन गर्न लागिएको एउटा हलीवुड चलचित्रमा क्रूज पनि सहभागी हुन लागेका छन्।
पेरेसिल्ड, शिपेन्को र अन्तरिक्षयात्री ओलेग नोभित्स्की चढेको यान स्थानीय समयानुसार आइतवार दिउँसो काजकस्थानको समथर भूमिमा अवतरण गर्यो।
शुक्रवार आईएसएसमा उत्पन्न भएको प्राविधिक समस्याले उनीहरूको फिर्ता हुने समयतालिका प्रभावित नभएको बताइएको छ।
त्यसअघि अक्टोबर ५ मा आईएसएसमा पुग्दा पनि उक्त टोलीले प्राविधिक समस्या खेप्नुपरेको थियो।
त्यतिबेला सोयुज रकेटको स्वचालित डकिङ प्रणाली विफल भएकाले कमान्डरले म्यान्यूअल कन्ट्रोल प्रयोग गरेका थिए।
पृथ्वीमा फर्किएका निर्देशक शिपेन्को र कलाकार पेरेसिल्डलाई १० दिन रुसको स्टार सिटीस्थित शिविरमा “पुनर्स्थापना”का लागि राखिनेछ।
गत जुलाईमा आईएसएससँग जोडिन पुगेको नयाँ रुसी खण्डको इन्जिन त्रुटिवश सक्रिय हुन पुग्दा उक्त अन्तरिक्ष केन्द्रको सन्तुलन प्रभावित भएको र त्यसको स्थान केही सर्न पुगेको अधिकारीहरूले बताएका थिए।
पछि उक्त समस्या समाधान भएको थियो।
चलचित्रमा के छ?
अन्तरिक्षमा खिचिएको उनीहरूको चलचित्रको कथा विस्तृत रूपमा सार्वजनिक भएको छैन। तर आईएसएसमा खिचिएको भागमा पेरेसिल्ड चिकित्सकको भूमिकामा छिन्।
उनले बिरामी परेका अन्तरिक्षयात्री (नोभित्स्की) को शल्यक्रिया गरेको दृश्य आईएसएसमा छायाङ्कन गरेको बुझिएको छ। यो चलचित्र रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसका प्रमुखले परिकल्पना गरेका हुन्।
उक्त परियोजनाबारे विवाद उत्पन्न भएपछि उनले मानवसहितको अभियान हेर्ने प्रमुख अधिकारीलाई पदमुक्त गरेका थिए।
तर सर्वत्र विरोध भएकाले केही दिनपछि सेर्गेई क्रिकालेभलाई पुनः पदमा फर्काइएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
