FLASH NEWS
  • Loading...

९ औं मणीलाल स्मृति दिवस मनाइयो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१६ पटक पढिएको
९ औं मणीलाल स्मृति दिवस मनाइयो

नेकपा एमाललेले आज तत्कालिन माओवादीद्धारा हत्या गरिएका एमाले जिल्ला कमिटी सदस्य मणीलाश शर्माको १९ औं स्मृति दिवस दिवस मनाएको छ ।
नेकपा एमाले म्याग्दीको बेनी नगरपालिका, २ हाँडेभिर स्थित पार्टी कार्यालयमा शर्माको स्मृतिमा श्रद्धान्जली कार्यक्रम गरी मनाईएको सचिव वालकृष्ण सुवेदीले बताए । श्रद्धान्जली कार्यक्रममा नवराज शर्मा, हरीकृष्ण श्रेष्ठ समेतले स्व.शर्माको ब्यक्तित्वको वारेमा चर्चा गरेका थिए ।


शर्मालाई तत्कालिन नेकपा माओवादीले ०५९ कात्तिक १ गते साँझ अन्दाजी ७.३० बजे घरदेखी ३० मिटरमाथी सरस्वती माध्यामिक विद्यालयको चौरमा पुर्‍याई घाँटी रेटेर, मुटु र पेटमा छुरा रोपी हत्या गरेका थिए ।
बेनी नगरपालिका, ४ (साविक सिङ्गा गाविस, ६ घर भै महेन्द्ररत्न मावि बरंजाका प्रध्यानध्यापक समेत रहेका शर्मा एमाले जिल्ला कमिटिमा पनि आवद्ध थिए । म्याग्दीखोला भेगका लोकप्रीय शिक्षक समेत रहेका शर्माको हत्यापछि तत्कालिन माओवादीले ‘सुराकी’ गरेको आरोप लगाएको थियो ।