- Loading...
पर्वत कारागारभित्र कैदीको आत्महत्या प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
- पुनहिल डट कम
- ३ साल अघि
- ४५८ पटक पढिएको

गृह मन्त्रालयले असोज २६ गते जिल्ला कारागार पर्वतमा रहेका बन्दीले गरेको आत्महत्या घटनाको अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ ।
पर्बत कारागारमा बन्दी जीबन बिताईरहेका फलेवास नगरपालिका–७ लिमिठानाका ५९ बर्षिय दुर्गाराज पाण्डेले कारागार भित्रै झुण्डिएर आत्महत्या गरेका थिए । २०७८ बैशाख २ गते ७ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पर्बत जिल्ला अदालतबाट बैशाख २३ गते पुर्पक्षका लागि थुनामा रहेका पाण्डेले २०७८ असोज २६ गते बिहान सवा ६ बजेको समयमा कारागार प्रशासन भित्रै रहेको आईसोलेसन भबनमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उक्त घटना सहित गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी उक्त समिति गठन गरिएको हो ।
छानबिन समितिले यही असोज २४ मा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक व्यक्ति, असोज २५ मा कैलालीको टिकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिले आत्महत्या गरेको घटनाको सम्बन्धमा छानबिन गर्ने गृह मन्त्रालयले जनाएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
