- Loading...
गण्डकीमा सत्ता गठबन्धनभित्रै मनमुटाव
- पुनहिल डट कम
- ३ साल अघि
- १४२ पटक पढिएको

गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । माओवादी र जनता समाजवादी पार्टीले मन्त्री नियुक्तीमा असहमति जनाएका हुन् ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सहमति भन्दै डोबाटे विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरेपछि कांग्रेस बाहेकका दलहरू असन्तुष्ट बनेका छन् । शपथ ग्रहण कार्यक्रममा सत्ता साझेदार दल माओवादी, जसपा र सरकारको समर्थक दल जनमोर्चा उपस्थित भएन ।
‘हाम्रो सहमति नै छैन । त्यसैले शपथमा पनि गइएन । कुरा चाहिँ केन्द्रमै भएको भन्नु भएको छ, मुख्यमन्त्रीले । केन्द्रमा कुरा भएको भए हामीलाई पनि जानकारी हुनुपर्ने हो । पार्टीले केही भनेको छैन,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘यसो बुझ्दा व्यवस्थापन माधव नेपाल पक्षको पनि गर्नुपर्ने हुन्छ । हाम्रो पनि व्यवस्थापन गर्नुपर्यो । मन्त्री थप्न १२ भन्दा पाइन्न । अब माओवादी र माधव पक्षको व्यवस्थापन मिलाउनुपर्ने भएकोले हतार नगर्न भनेको थिँए । पटक-पटक भने । मुख्यमन्त्रीले सुन्नुभएन ।’
माओवादी प्रमुख सत्ता साझेदार दल हो । ‘यो नियुक्तीमा हाम्रो सहमति छैन । केन्द्रले मिलाएको हो भने, खबर गरोस् । अध्यक्षले मलाई सिधै भन्नुपर्ने हो,’ चुमानले थपे, ‘हामीलाई कांग्रेसले मिचेर गएको महशुस भयो । यसरी नै जाने हो भने, के-के हुन्छ के-के । गठबन्धन भएपछि सहमतिमा गर्नुपर्यो नि त । भोलि के गर्ने भन्ने निर्णय लिएको छैन । हामी पनि बुझ्दै छौं ।’
गण्डकीमा सत्तारुढ कांग्रेसको १५, माओवादीको १२, जसपा दुई, जनमोर्चा तीन (एक कारवाही) र एक स्वतन्त्र सांसद गठबन्धनमा छन् । एमालेका २७ सांसद प्रतिपक्षमा छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
