FLASH NEWS
  • Loading...

वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपातको हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०१ पटक पढिएको
वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपातको हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ। भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले वर्षाको सम्भावना भएको हो।

महाशाखाका अनुसार आइतबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार बिहान प्रदेश १,  प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई  स्थानमा हल्कादेखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ।

विशेष मौसम बुलेटिन पोष्ट मनसुन – २ 

(जारी मितिः २०७८/०६/३१ दिउंसो ०३:०० बजे)

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केहि दिन नेपालको मौसम प्रभावित हुने देखिन्छ । सोमबार(२०७८-०७-०१) र मंगलबार (२०७८-०७-०२) विशेष गरी लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका तथा प्रदेश १ (मंगलबार देखि) का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हावाहुरी सहित भारी वर्षा र बाकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको समेत संभावना रहेको छ। 

बुधबार (२०७८-०७-०३) प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरुमा मेघ गर्जन/चट्यांग/हावाहुरी सहित भारी वर्षा र बाकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको समेत संभावना रहेको छ।। उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको पनि संभावना रहेको छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिई सजग रहनु हुन अनुरोध छ। विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजक रहनुहोला।