- Loading...
इतिहास रच्ने अवसर
- पुनहिल डट कम
- ३ साल अघि
- १५३ पटक पढिएको

साफ च्याम्पियनसिप दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो ।
सन् १९९३ बाट सार्क गोल्डको नामबाट सुरु प्रतियोगिताले २८ वर्ष पार गरिसकेको छ । तर, नेपालले साफ च्याम्पियनसिपमा अहिलेसम्म च्याम्पियन हुने अवसर पाएको छैन्।
माल्दिभ्समा जारी १३ संस्करणको साफमा भने नेपाललाई इतिहास रच्ने अवसर छ । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको छ । र, नेपालले आज शनिबार भारतविरुद्ध उपाधिका लागि खेल्दैछ ।
भारतको साफ इतिहास फरक छ । साफमा भारतको एक्लो दबदबा छ । भारतले कीर्तिमानी ७ पटक साफको उपाधि जितेको छ ।
साफमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन भनेको तेस्रो स्थानमा रहनु थियो । जुन सन् १९९३ को पहिलो सार्क गोल्डमा प्राप्त भएको थियो । राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपाल भारत र श्रीलंकापछि तेस्रो स्थानमा रह्यो ।
यस पटक भने नेपाली टिमले फाइनलमा स्थान बनाउँदै इतिहास बनाईसकेको छ । अब नेपाललाई अर्को इतिहास रच्न एक खुड्किलो बाँकी छ । त्यसको लागि भारतको चुनौती पन्छाउनु पर्नेछ ।
नेपालले आज भारतलाई हराएमा पहिलो पटक साफको उपाधि जित्नेछ । जुन नेपाली फुटबलको ऐतिहासिक दिन हुनेछ ।
‘हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,’ नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भन्छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको मुख्य लक्ष्य नेपाललाई साफको उपाधि जिताउने छ । अल्मुताइरी पटक पटक भन्दै आएका छन् । तर, भारतको चुनौती पन्छाएर इतिहास बनाउनु नेपाललाई सहज छैन । दक्षिण एसियाली फुटबलमा नेपालको बाधक भारत बन्दै आईरहेको छ ।
लिग चरणको भेटमा समेत नेपाल भारतसँगै पराजित भएको थियो । सुरुआती दुई खेलमा जित निकालेको नेपाल तेस्रो खेलमा भारतसँग १-० ले पराजित भएको थियो । नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ । यस्तै नेपाल भारतविरुद्धको बिगत भुलेर फाइनल खेल्नेछ ।
हामी विगतको बारेमा वास्ता गर्दैनौं । विगत पहिले नै गईसक्यो । हामीले विगतमा के गर्यौं । त्यसलाई मतलब गर्ने छैनौँ । हामीले फाइनल खेलको बारेमा मात्र सोचेका छौँ,’ कप्तान किरण भन्छन् ।
भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । *खेलपाटी

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
