FLASH NEWS
  • Loading...

हिउँदे मनसुन सुरू हुँदै ः भोलिदेखि मौसम बदली हुने‚ भीषण वर्षा र हिमपातको सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०२ पटक पढिएको
हिउँदे मनसुन सुरू हुँदै ः भोलिदेखि मौसम बदली हुने‚ भीषण वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि मौसम बदली भई देशका विभिन्न भेगमा भीषण वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ।

विशेष बुलेटिन जारी गर्दै महाशाखाले आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको हो। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको पनि सम्भावना रहेको बताएको छ।

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले  शनिवारबादेखि नेपालमा आंशिकदेखि सामान्य बदली हुने बताएको छ।

महाशाखाका अनुसार दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश सामान्य बदली रही अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन पोष्ट मनसुन – १  

हाल भारतको आन्द्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले भोली शनिवार (२०७८/६/३०) बाट नेपालमा आंशिक देखि सामान्य बदली हुने तथा आईतबार (२०७८/६/३१) देखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हावाहुरी सहित भारी वर्षाको समेत संभावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको पनि संभावना रहेको छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिई सजग रहनु हुन अनुरोध छ। विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजक रहनुहोला।

मौसम पूर्वानुमान महाशाखाले यि प्रणालीहरुलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ।