FLASH NEWS
  • Loading...

म्याग्दीको भगवती कोटमन्दीरमा सरकारी राँगोको मार हान्न नेपालमै धेरै बोलकबोल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८२ पटक पढिएको
म्याग्दीको भगवती कोटमन्दीरमा सरकारी राँगोको मार हान्न नेपालमै धेरै बोलकबोल

म्याग्दीको एक एतिहाँसिक शक्तिपीठ भगवती कोटमन्दीरमा नेपालकै सर्वाधिक धेरै तीन लाख रुपैयाँ वोलकवोल गरी यस वर्ष सरकारी राँगो मार हानेका छन ।
रघुगंगा गाउँपालिका, २ स्थित राखु भगवतीकोट मन्दीरमा नवदुर्गालाई वली चढाईने राँगो मार हान्न रघुगंगा गापाा, २ बयरीडीलका आर्यन खड्काले ३ लाखमा बढीबढाउ जीतेर राँगो मार हानेका हुन । दोस्रो हुनेले २ लाख ८८ हजारसम्म बोलकवोल गरेका थिए । सरकारी राँगो मार हानेपछि खड्कालाई स्थानीयले बाजागाजा र फेटा, अविर र मालासहित गाउँ डुलाएर सम्मान गरेका थिए ।
करिव ७ सय वर्ष अघि तत्कालिन भुरे राजाले भर्लाको डाँडामा (मैदान नजिकै) स्थापना गरेको गरेको भगवतीकोट मन्दीर ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च (बजेट) आउने जिल्लाको एक मात्र मन्दीर हो । नवदुर्गा भगवती मन्दीर शक्तिपीठमा पशु वली दिने हिन्दु धार्मिक परम्परा छ । परम्परा अनुसार भगवती कोट मन्दीरमा वली चढाईने सरकारी राँगो मार हन्न (काट्न) संभवत नेपालमै सर्वाधिक धेरै रकम वोलकवोल हुने गरेको छ । अघिल्लो वर्ष सरकारी राँगो मार हान्न दुई लाख सम्म वोलकवोल भएको थियो ।


तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ जाँदा/फर्कदा यही राखुमा बास बसेको र गोर्खा फर्केपछि राखु भगवती कोटमन्दीरमा पनि पुजा संञ्चालनार्थ धजाअक्षेता दिने ब्यवस्था मिलाएकी थिईन ।
त्यसयता ‘धजाअक्षेता’ खर्च रोकिएको छैन । अहिले राष्ट्रिय गुठी संस्थानले जिल्ला मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ । भगवती मन्दीरलाई रघुगंगा गाउँपालिका अन्र्तगतका (साविकका चिमखोला, दर्मिजा, दग्नाम, मौवाफाँट, पिप्ले, भगवती, वेग र दोवा गाविस) साझा मन्दीर ‘मौलो’को रुपमा रहेको छ ।
‘यो यस क्षेत्रकै एतिहाँसिक कोट मन्दीर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई वली चढाईने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ’ जिल्ला समवन्य समितिका संयोजक समेत रहेका स्थानीय देवेन्द्रबहादुर केसीले भने, ‘बाईसे/चौविसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल