- Loading...
काेराेनासँग बचेर दशैं मनाअाैं
- पुनहिल डट कम
- ३ साल अघि
- २०८ पटक पढिएको

मुलुकमा कोभिड–१९ को दोस्रो लहर मत्थर देखिएको बेला दसैंको रमझम छ । चाडपर्वको उल्लासबीच स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा मानिस केही लापरबाह देखिएका छन् । कोभिडको पूर्ण मात्रा खोप लगाएकाहरू त त्यसमा झन् अगाडि छन् ।
विशेषज्ञहरूले कोभिडको जोखिम कायमै रहेकाले खोप लगाएका वा नलगाएका सबैले चाडपर्वमा बढी सावधानी अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले पनि संक्रमणबाट जोगिनका लागि मापदण्ड पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेको छ ।
पूर्ण मात्रा खोप लगाएकाहरूमा समेत जटिल कोभिड संक्रमण देखिएकाले सबैले स्वास्थ्य मापदण्ड अपनाउनु र चाडपर्वमा पनि मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्न र हातको सफाइमा सावधानी अपाउन जरूरी छ ।
सरकारी तथ्यांकमा नेपालमा कोभिड संक्रमण घट्ने क्रम देखिए पनि कोरोनाको नयाँ भेरिएन्ट आउने जोखिम कायमै देखिन्छ । कोभिडको दोस्रो लहरको सुरुवातपछिकै सबैभन्दा कम गत आइतबार दैनिक संक्रमण दर अर्थात् ५ प्रतिशत थियो । केही दिनयता दिनहुँ सरदर १०–१२ जना जतिको मृत्यु कोभिडले भइरहेको छ । हाल देशभरिमा १४ हजार ७ सय ४७ सक्रिय संक्रमित छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
