FLASH NEWS
  • Loading...

काेराेनासँग बचेर दशैं मनाअाैं

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३५ पटक पढिएको
काेराेनासँग बचेर दशैं मनाअाैं

मुलुकमा कोभिड–१९ को दोस्रो लहर मत्थर देखिएको बेला दसैंको रमझम छ । चाडपर्वको उल्लासबीच स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा मानिस केही लापरबाह देखिएका छन् । कोभिडको पूर्ण मात्रा खोप लगाएकाहरू त त्यसमा झन् अगाडि छन् ।

विशेषज्ञहरूले कोभिडको जोखिम कायमै रहेकाले खोप लगाएका वा नलगाएका सबैले चाडपर्वमा बढी सावधानी अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले पनि संक्रमणबाट जोगिनका लागि मापदण्ड पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेको छ ।

पूर्ण मात्रा खोप लगाएकाहरूमा समेत जटिल कोभिड संक्रमण देखिएकाले सबैले स्वास्थ्य मापदण्ड अपनाउनु र चाडपर्वमा पनि मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्न र हातको सफाइमा सावधानी अपाउन जरूरी छ ।

सरकारी तथ्यांकमा नेपालमा कोभिड संक्रमण घट्ने क्रम देखिए पनि कोरोनाको नयाँ भेरिएन्ट आउने जोखिम कायमै देखिन्छ । कोभिडको दोस्रो लहरको सुरुवातपछिकै सबैभन्दा कम गत आइतबार दैनिक संक्रमण दर अर्थात् ५ प्रतिशत थियो । केही दिनयता दिनहुँ सरदर १०–१२ जना जतिको मृत्यु कोभिडले भइरहेको छ । हाल देशभरिमा १४ हजार ७ सय ४७ सक्रिय संक्रमित छन् ।