- Loading...
घर फर्कने लर्को, मेलाजात्राले उल्लासमय गाँउ
- पुनहिल डट कम
- ३ साल अघि
- ३३३ पटक पढिएको

स्कुल/कलेजमा विदा भएसंगै विद्यार्थी र छोराछोरी पठाउन सहर झरेका गृहणीहरु रङ्गीचङ्गी पहिरनमा गाउँ फर्कने हतारोमा छन ।
दशैं नजिकिँदै गर्दा वालवच्चा पढाउन, रोजगारी तथा अन्य अवसरको खोजीमा शहर झरेकाहरु, विदेशबाट फर्केनी लाहुरे र कर्मचारी धमाधम घर फर्कन थालेका हुन । कर्मचारीहरु विदा अघि नै घर लागेपछि प्रहरी, प्रशासन समेतका सिमित सरकारी कार्यालयबाहेक प्राय: कुरुवाको भरमा छन ।
हिजो आज ग्रामिण वस्तीमा रौनक बढेको छ । बर्षौ देखी सहर झरेका र विदेश पुगेकाहरु पुख्यौली थलो उक्लन थालेका छन । जिल्लाका प्राय: सवै वस्तीमा स्थानिय स्तरका भलिवल, बास्केटवल, फुटवल समेतका खेलकुद प्रतियोगिता सहित मनोरञ्जनपूर्ण मेलाको आयोजना गरिएका छन । सदरमुकाम बेनीमा पनि मनोज पुन स्मृती कप फुटवल प्रतियोगिता संञ्चालन भैरहेको छ ।
तर औपचारिक रुपमा भएपनि जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिम यथावत भएकोले मेलाजात्रा नलगाउन र भीडभाड हुनेगरी कोटभगवती/शक्तिपीठ मन्दीरमा धार्मिक कार्यक्रम नगर्न सूचना जारी गरेको छ ।
‘गाउँमा मेला लागेको छ । सहरका केटाकेटीको कलेज/विद्यालय बन्द भएकोले घर हिँडेका छौं’ पोखराबाट पुख्यौली थलो शिख उक्लने बेनी आईपुगेकी दीपा पुनले भनिन, ‘दशैं चाडपर्व मात्र होईन हामी सहरमा झरेका परिवारकालागी गाउँघरमा रहेका आफन्तसँग भेटघाट गर्ने र वालापन विताएको पुख्यौली थलोको कलेस मेट्ने अवसर पनि हो ।’
दशैं लागेसँगै वर्खाभरी वन्द भएका ग्रामिण सडकमा पुन: गाडी गुड्न थालेका छन । दशैं लक्षित गरी स्थानिय निकायले ग्रामिण सडक मर्मत गर्न थालेका छन । गाउँ उक्लने सवै जीप तथा माईक्रो वसहरुमा यात्रु भन्दा तेब्बरबढी खाद्यान्न, लाहुरेका लकेज र गाउँ फर्केने सहरियाहरुको लकेजल कोचाकोट छन । बर्खाभरी सुनसान भएका गाउँमा चहलपहल सुरु भएको छ ।
‘दशैंले गाउँघर फर्कनेको भीड बढ्दै गएकोले हामी यातायात ब्यवसायीलाई असार १५ झै भ्याई नभ्याई छ । बर्खाभरी रिक्तो गाडी गुडाएका थियौं, अहिले कोचाकोच छ’ बेनी–दरवाङ्ग सडकमा चल्ने वसका चालक सन्देश कार्कीले भने, ‘दशैंको चहलपहल यात्रुको चापले दिन्छ ।’
दशैंसंगै सहर झरेकाहरु गाउँ फर्कदा खुसी र रमाईलो मात्र उक्लेको छैन, कहिले काहीं सहरीया दुब्र्यसनीहरु लागुपदार्थ लिएर ग्रामिण युवालाई दुब्र्यसनमा फसाउँने पनि गर्छन । लागुपदार्थका कारोवारीहरुले दशैं समेतका चाडपर्वलाई ब्यापार विस्तार गरी चाडपर्वको खुसीयालीको दुरुपयोग समेत गर्ने गरेका छन ।
‘सहरीया दुब्र्यसनीहरु लागुपदार्थ बोकेर गाउँ जाने र नयाँ नयाँ युवालाई नयाँ टेष्ट भन्दै दुर्रब्यसनीमा फसाउने गरेका छन । चाडपर्वमा खुसी मनाउनुको सट्टा कारोवार बढाउने प्रयास गर्ने गरेका छन’ प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भने, ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्र्तगत सहरबाट गाउँ छिर्ने दुब्र्यसनीको पनि गतिविधी निगरानी बढाएका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
