- Loading...
रत्नेचाैरका मडकिन्लोबाट टुट्याे गृहणीको सम्बन्ध
- पुनहिल डट कम
- ३ साल अघि
- २४७ पटक पढिएको

|Unknown
म्याग्दीको बेनी नगरपालिका, १ रत्नेचौर स्थित पाखोमा १६ बर्ष अघि रातोमाटो खन्न आएका गृहणीहरुकाे फाईल फोटो ।
दशैंमा घर रंगाउने प्रचलन पुरानो हो । यतिवेला ग्रामिण भेगमा गृहणीहरुलाई रातो र कमेरोले पोतेर घर चिटिक्क पार्न हतारो सुरु भएको छ ।
अहिले रत्नेचौरका पाखो सुनसान छ । अवस्था फेरिएको छ । केही वर्ष अघिसम्म बेनी नगरपालिका, १ स्थित रत्नेचौरको पाखामा रातोमाटो खन्ने मेला लाग्थ्यो । सडक बनेकै थिएनन । म्याग्दीका मात्र होईन, छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिका (साविकका पाँच गाविस)भरीका गृहणीहरु दुई/तीन दिनसम्म हिंडेर रातोमाटो लिन रत्नेचौर आउँथे ।

दशैं लागेपछि रत्नेचौरका पाखाभरी सयौं महिला दैनिक आउँथे । हामीले आफ्नो पाखोवारीमा माटो खन्न थोरै सुल्क लिन्थ्यौं, पैसा खासै हुने थिएन, धेरैले मकै, चामल लिएर आउँथे । हामीलाई आधा वर्ष खानपुग्ने अन्न जोहो हुन्थ्यो’ बेनी नगरपालिका, १ माथिल्लो रत्नेचौका मनवीर सार्कीले भने, ‘हामी तन्नेरी लक्का जवान । माटो खन्न सवै जातिका महिला आउँथे । मडकिन्लोमा माटो खन्न सहयोग गऱ्यो, एकै छिनको भेटमा पनि रमाईलो हुन्थ्यो ।’
दशैं समेत चाडपर्वमा घर रंङ्गाउने संस्कृति उस्तै भएपनि घरमा पोतिएको रङको प्रकृति फेरिएको छ । सडक विस्तार र अर्थ ब्यवस्थामा आएको परिवर्तनले मडकिन्लो र गृहणीको सम्बन्ध टुट्दै गएको छ । रत्नेचौरको रातोमाटोलाई विभिन्न ब्राण्डका रङ्ग, गेरु, चुना र इनामेलले विस्थापित गरेको छ ।
‘रत्नेचौर पुगेर रातोमाटोका गहिरा मड्किन्लोमा पसेर माटो बोकेर ल्याई घर लिपपोत गरेको सम्झदा पनि पिठ्ठ्यु दुख्छ । खुट्टा थर्रथरी काप्छन’ रघुगंगा गाउँपालिका, २ भगवतीकी मैती भण्डारी (५२)ले भनिन, ‘गेरु, चुना र अनय रङहरु गाउँमा आएपछि सम्झनै मन नलाग्ने दुखका दिन सकिएका छन । हइसन्चो भएको छ ।’
ढुङ्गामाटोको घर रङ्गाउन गरु रङ सस्तो, सुरक्षित र छिमेका साना पसलमा पनि सहज पाईन थालेपछि रातोमाटो खन्ने प्रचलन हटेको हो । रातोमाटोलाई गेरुले र कमेरो माटोलाई चुनाले विस्थापित गरेको छ ।
खड्का, कार्की र घर्ति आदी थरका क्षेत्रीहरुले कमेरेले घर नपोत्ने हुंदा उनीहरु रातो गेरुले घर रङ्गाउँछन । माथील्लो लेकाली वस्तीमा भने कमेरोले मात्र घर रङ्ग्याउने गर्छन ।