- Loading...
दशैंमा च्यांग्राकाे मूल्य सम्झने, स्वाद बिर्सने
- पुनहिल डट कम
- ३ साल अघि
- १९१ पटक पढिएको

बेनीबाट च्याङ्ग्रा लैजादै गरेका ग्राहककाे फाइल फाेटाे ।
दसैंका लागि मुस्ताङबाट ल्याइएका चेलुक/च्यांग्राको मूल्य महँगिएपछि सामान्य परिवार विकल्पमा स्थानीय खसीबोका र भेंडाबाख्रा खोज्न थालेका छन् । ‘मुस्ताङका च्यांग्राको मूल्य सुन्दै सातो जाने देखियो । गरिबले पोहोर–परारदेखि नै च्यांग्राको मासु खान नसक्ने भइसकेका थिए ।
यो वर्षदेखि मध्यम वर्गीय परिवारले पनि नसक्ने अवस्था छ,’ बेनी नगरपालिका–८ का हेमनाथ सुवेदीले भने, ‘दसैंमा मासु घरपालुवा खसीबोका खाए पनि हुन्छ । च्यांग्रा नै खानुपर्छ भन्ने छैन । अब मूल्य सम्झने, स्वाद बिर्सने ।’
यतिबेला स्थानीय खसीबोकाको माग बढेको छ । लेकाली क्षेत्रमा रहेको खसीबोका बेंसी ल्याउन थालिएको छ । घरघरमै पालिएका खसीबोकाको बिक्री पनि बढेको छ । ‘जिल्लाको उत्तरी भेगमा मात्र हो, चेलुक/च्यांग्राको माग बढी हुने । पश्चिम भेगमा जहिल्यै स्थानीय खसीबोकाले चलेको छ । जिल्लामै पर्याप्त उत्पादन भएकाले मासुको अभाव भने हुँदैन,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका पशु सेवा प्राविधिक सुभाष रेग्मीले भने, ‘दसैंमा दुई छाक च्यांग्राको मासु खाने एउटा प्रचलन भएको छ, अन्य समय यहींका खसीबोकाको मासु खाने हो । मासुमा म्याग्दी आत्मनिर्भर छ ।’
कोरोला नाका बन्द रहेकाले तिब्बतबाट चेलुक/च्यांग्रा नआएकाले यस वर्ष मुस्ताङबाट ओरालिएका च्यांग्रा बेनीमा ४०– ३५ हजारमा किनबेच भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार मुस्ताङबाट यस वर्ष ६ हजार ५ सय चेलुक/च्यांग्रा क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गरी लगिएका छन् । थप ४ हजार जति भने व्यापारीले चोरीबाटो रातिराति गाडीमा लगेका छन् । ‘मुस्ताङबाट यस पटक १० हजार ५ सय बढी च्यांग्रा लगिएको छ । यीमध्ये ६ हजार ५ सय वटाको क्वारेन्टाइन जाँच गरिएको छ । बाँकीको स्वास्थ्य परीक्षण नगराई व्यापारीले रातिराति लुकेर लगे’ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोख्रेलले भने, ‘०७६ सालमा ५ हजार बढी हिउँमा पुरिएर र ०७७ सालमा ३ हजार बढी खोरेत रोगले मरेकाले मुस्ताङमा चेलुक/च्यांग्राको उत्पादन घटेको छ । तिब्बती खसी नआएकाले मुल्य एक्कासि वृद्धि भएको हो ।’ *इकान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
