FLASH NEWS
  • Loading...

शुभकामना आदान प्रदान

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७१ पटक पढिएको
शुभकामना आदान प्रदान

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी म्याग्दीले बिजयादशमी तथा शुभ दीपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार पार्टी कार्यालय न्युरोड बेनीमा जिल्ला स्थित बिभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि एबं संचारकर्मीहरुको उपस्थितिमा शुभकामना आदान प्रदान गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिनोद केसी, कांग्रेस म्याग्दीका सहसचिव भरत रकाल, नेकपा माओबादी केन्द्रका प्रदेस सदस्य टेक बहादुर बिक, बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग बाणिज्य संघका  उपाध्यक्ष सुविन श्रेष्ठ, एकिकृत समाजबादी पार्टी पवर्तका जिल्ला सदस्य चन्द्र बहादुर लामिछाने, नेपाल पत्रकार महासंघ म्याग्दीका कोषाध्यक्ष अमित बिश्वकर्मा लगाएतले शुभकामना दिएका थिए । 

जिल्ला अध्यक्ष कृष्ण कुमार बिश्वकर्माकाे अध्यक्षता,  देउप्रसाद छन्त्यालको स्वागत र जिल्ला सदस्य रुद्र किसानले संञ्चालन गरेका थिए ।