FLASH NEWS
  • Loading...

‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु नखाऔं’

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३८ पटक पढिएको
‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु नखाऔं’

दसैँ सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन् ।

यसले मुटु, मिर्गाैला, मधुमेह, उच्च रक्तचापसँगै क्यान्सरको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन् ।  बोसो बढी भएको मासु  खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने उनको भनाई छ ।

खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनु पर्दछ । बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहन्छ,’ उनले भने ‘राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहन्छ ।’

बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्ने उनले बताए । खतिवडाले भने, ‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ ।’

खानपिनमा ध्यान नदिँदा धेरै मानिस दसैँका समयमा अस्पतालमा पुग्ने गरेको डा. भोजराज अधिकारी बताउँछन् । खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने उनले जानकारी दिए । एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केही नपाइने जनाउँदै डा. अधिकारीले भन्ने, ‘बोसो नभएको ताजा मासु थोरै–थोरै गरेर खान सकिन्छ ।’

नेपालीले चाडपर्वका अवसरमा दसैँमा प्रोटिनयुक्त र तिहारमा काबहाइड्रेडयुक्त खानाका साथै चिल्लो र चिसो पेयपदार्थ अत्याधिक प्रयोग गर्ने गरेको पाइन्छ । उनले चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको जनाउँदै भने, ‘नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुने गरेको छ ।’ कोरोना सङ्क्रमण केही न्यून भएको अवस्थामा मानिसको बढी हिँडडुलले सरुवा रोगको प्रकोप वृद्धि हुने अधिकारीले बताए । उनले भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र समय समयमा हात धुन सुझाव दिए । ‘टाढा–टाढाबाट जम्मा भएका परिवारबीच पनि दूरी कायम गर्नुपर्छ,’ उनले भने ।

बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम रहेको साहको भनाई छ । धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउन सघाउने उनले बताए । मानिसले प्रतिदिन ७० ग्रामभन्दा बढी मासु खान नहुने भन्दै उनले भने, ‘मासुको अत्याधिक सेवनले आन्द्राको क्यान्सर हुने सम्भावना बढाउँछ ।’

मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमा समेत आन्द्राको जोखिम बढी भएको उनले बताए । क्यान्सरका बिरामीले खसीको मासु एकैपटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान  सुझाव छ ।