FLASH NEWS
  • Loading...

दुर्ब्यवहार प्रति बेनी नगरपालिकाद्धारा भर्सना

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८१ पटक पढिएको
दुर्ब्यवहार प्रति बेनी नगरपालिकाद्धारा भर्सना

प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीमाथी भौतिक आक्रमण प्रयासको बेनी नगरपालिकाकाले भर्सना गरेको छ ।
आईतवार आकस्मीम बसेको नगरकार्यपालिका वैठकपछि विज्ञप्ती प्रकाशित गरी प्रमुख प्रसासकीय अधिकृत सुवेदीमाथी भएको दुर्रब्यवहारको भर्सना गरेको हो । केही समय अघिदेखी नगरपालिकालाई पनि चन्दा माग्दै आएको भन्ने ब्यवहोरा समेत उल्लेख गरिएको भएपनि कुन दल वा समुहले चन्दा मागेको हो नखुलाई ‘जिब्रो चपाएको’ प्रेस विज्ञप्ती प्रकाशित छ ।
नगर प्रमुख हरीकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अवैधानिक ढङ्गले चन्दा दिन नसकिने भन्दै प्रमुख प्रशासकीय अधिकृतले निरन्तर प्रतिवाद गरेकै कारण नियोजित रुपमा आक्रमण भएको छ । यस घट्नाले ब्यक्ति केन्द्रीत धरपकड र चन्दा आतंकले सुरक्षा सुनौति थपिएकोले फरार ब्यक्तिको खोजी गरी कडा कारवाही गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँछौं ।’


आईतवार मध्यान्न करिव १२ बजे केही जनप्रतिनिधी र सेवाग्राही सहित कार्यकक्षमा रहेका प्रशासकीय अधिकृत सुवेदीमाथी ५ जनाको संख्यामा गएका चन्द समुहका कार्यकर्ताले हातमा प्लास्टिकको झोलामा लगेको गाडीमा प्रयोग भएको मोविल छ्यापेका थिए । परैबाट फालेको मोवाईल सुवेदीको शरिरमा पर्नुको साथै टुवुल, भित्ता र भुईभरी छरिएको थियो ।
‘केही जनप्रतिनिधी, सेवाग्राहीसँग कामको विषयमा छलफल चल्दै थियो, एक्कासी आएर एक जनाले प्लास्टिकबाट केही झिकेर फाल्यो, मैले कोल्टे परें र आँखामा पर्नेबाट जोगियो’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘प्रतिवन्धीत समयदेखी नै पटक–पटक मलाई चन्दा मागेका थिए । मैले संस्थागत तोकिएको रकम दिन सक्दिन, ब्यक्तिगत रुपमा धेरथोर दिन्छु भनेको थिए । र चन्दा माग भै आएको विषय जानकारी नगरकार्यपालिकाको वैठममा राखेको पनि थिए ।’
मोविल छ्यापेर भाग्ने क्रममा मुगुको खत्याड गाउँपालिका, ४ घर र नाम विजय विक बनाउने एक जनालाई सेवाग्राही, जनप्रतिनीधि र कर्मचारीले ढोकामा समात्न भ्याएका थिए । प्रहरीले नियन्त्रणमा लिएका विकले बोकेको झोलाबाट २ लाख ५३ हजार चन्दा संकलन गरिएको ‘युवा संगठन नेपाल, केन्द्रीय समिति’ लेखेको ‘विशेष सहयोग रसिद’को एक ठेली, मोवाई सेट, लेडिज घडी र राष्ट्रघाती एमसिसि सम्झौता खारेज गरौं लेखिएको पर्चा तथा लगाएको पाईन्टको अगाडी पट्टी दाहिने खल्तीमा बोकेका ढुङ्गाहरु बाबरामद भएको जनाएको छ ।
‘नियन्त्रणमा लिएका ब्यक्तिलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भएको छ । कुनै नक्कली पर्चा बोकेका हुन वा राजनैतिक दलको संलग्नता भए नभएको बरामद गरिएको मोवाईलको सम्पर्क डिटेलबाट अध्ययन भैरहेको छ’ प्रहरी नायव उपरिक्षक श्याम राईले भने, ‘चन्दा आतंकलाई गुपचुप राख्ने र लुकिछिपी प्रशय दिंदा अपराधिक गतिविधी मौलाएको हो ।’