FLASH NEWS
  • Loading...

रेडक्रस म्याग्दी शाखाको संयोजकमा बानियाँ चयन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२४ पटक पढिएको
रेडक्रस म्याग्दी शाखाको संयोजकमा बानियाँ चयन

नेपाल रेडक्रस सोसाईटीले म्याग्दी शाखाको संयोजकमा अमर बानियाँलाइ चयन गरेकाे छ ।

निवर्तमान कार्यसमितिको समयावधि सकिए पनि केन्द्रमा उत्पन्न असहज परिस्थितीकाे प्राविधिक कारणले अधिवेशन भै नयाँ समिति चयन हुन नसकेपछि केन्द्रले म्याग्दी समेत देशका अन्य जिल्ला शाखामा नयाँ नेतृत्व चयन गरेकाे हाे । 

केन्द्रीय समितिले बानियाँको संयोजकत्वमा तदर्थ समिति गठन गरेको पत्र प्राप्त भएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले जनाएको छ । रेडक्रसको प्रचलित विधानको दफा ३५ को १ बमोजिम तदर्थ समिति गठन गरिएको रेडक्रसले जनाएको छ । 

तदर्थ समितिको सदस्यहरुमा यामबहादुर चोखाल, सुरत केसी, मोतीराज शर्मा, लेखबहादुर हमाल, भीमकुमारी बुढा, विष्णुकुमारी रोका, विष्णुकुमारी गर्वुजा, कासीराम रेग्मी, नवराज पौडेल, शिब बानियाँ, सानुमायाँ गुरुङ,चिरञ्जीबी बोगटी,मनोज पौडेल, यममती रोका रहेका छन ।