FLASH NEWS
  • Loading...

मुस्ताङ्गी चेलुक/च्याङ्ग्राको विकल्पमा स्थानीय भेडाबाख्रा खोजिदै

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४७ पटक पढिएको
मुस्ताङ्गी चेलुक/च्याङ्ग्राको विकल्पमा स्थानीय भेडाबाख्रा खोजिदै

गंगा पुन/दाना
दशैंलाई धितमरुन्जेल मासुभात खाने चाड भन्ने गरिन्छ । र नवदुर्गामा पशुवली दिने प्रचलनले यो भनाईलाई पुष्टी गर्ने गरेको छ । त्यसैले होला मुस्ताङबाट दशैं लक्षित गरी चेलुक/च्याङ्ग्राको लर्को शहर झरी रहेका छन् ।
तर यस वर्ष मुल्य अत्याधिक बृद्धी भएकोले सामान्य परिवारले मुस्ताङ्गी चेलुक/च्याङ्ग्राको मासु खान नसक्ने अवस्था आएको छ । अहिले मुस्ताङबााट ओरालिएका च्याङ्ग्रा खसीको मुल्य रोजाका ४०–४५ हजार, चेलुकको मुल्य ३५–४० हजार र च्याङ्ग्री (रोमा)को मुल्य २०–२२ हजार पर्ने भएपछि चेलुक/च्याङ्ग्राको मासुको स्वाद अव सामान्य परिवारकालागी सम्झना मात्र हुने भएको छ ।
मुस्ताङ्गी चेलुक/च्याङ्ग्राको मुल्यवढेपछि सामान्य परिवारले विकल्प स्थानीय भेडा, बाख्राका खसी खोज्न थालेका छन ।
‘मुस्ताङका च्याङ्ग्राका मुल्य सुन्दै सातो जाने छ । गरिवले त पोहोर–परार पनि च्याङ्ग्राका मासु खान छोडेका थिए । यो वर्षदेखी मध्यम परिवारले पनि नसक्ने अवस्था छ’ अन्नपूर्ण गाउँपालिका, ३ दानाका विसन विकले भने, ‘अव दशैंमा मासु घरपाला बाख्रा, कुखुरा नै खाएपनि हुन्छ । मुस्ताङकै खानु पर्छ भन्ने छैन ।’