- Loading...
काँग्रेसको १० जिल्लामा नेतृत्व छानियो, पौडेल समूहको अग्रता
- पुनहिल डट कम
- ३ साल अघि
- १९२ पटक पढिएको

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १० वटा जिल्ला अधिवेशनको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म अधिवेशन सम्पन्न भएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अग्रता देखिएको छ ।
१० जिल्ला सभापतिमध्ये ६ मा पौडेल समूह तथा चारमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिले नेतृत्व हात पारेका छन् । पौडेल पक्षका जिल्ला सभापतिहरूमा रोमी गौचन थकाली (मुस्ताङ), अम्मबहादुर शाही (कालीकोट), केशरमान रोका (रुकुम पूर्व), दीपक खड्का (सङ्खुवासभा), नन्दप्रसाद न्यौपाने (गोरखा) र बर्मा लामा (दोलखा) रहेका छन् ।
देउवा पक्षका जिल्ला सभापतिहरूमा शङ्कर गुरुङ (मनाङ), मोहनविक्रम सिंह (हुम्ला), गजेन्द्र तुम्याहाङ (ताप्लेजुङ) र पूर्णबहादुर तामाङ (रामेछाप) रहेका छन् । काँग्रेसले हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार बाँकी जिल्लामा अधिवेशन जारी छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
