FLASH NEWS
  • Loading...

तलव पाउने भएपछि केही स्वास्थकर्मी काममा फर्के, कोभिड ब्यवस्थापन तर्फका २८ कर्मचारीको तवल अझै अनिश्चित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८८ पटक पढिएको
तलव पाउने भएपछि केही स्वास्थकर्मी काममा फर्के, कोभिड ब्यवस्थापन तर्फका २८ कर्मचारीको तवल अझै अनिश्चित

शुक्रवार विहानसम्म श्रोत सुनिश्चित भएका कर्मचारीको तवल खातामा पठाउने प्रतिवद्धता भएपछि बेनी अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी काममा फर्केका छन । तर संगै आन्दोलनमा उत्रेका प्रदेश सरकारले नियुक्त गरेका कोरोना ब्यवस्थापन तर्फका २८ जना स्वास्थ्यकर्मीले भने अझै तलव पाउने/नपाउने सुनिश्चित भएको छैन ।
बेनी अस्पतालमा कार्यरत स्थाई कर्मचारी, अस्थाई दरवन्दीका करार कर्मचारी र ब्यवस्थापन समितिबाट नियुक्त भएका समेत एक सय २३ जना कर्मचारी मध्य २८ जना स्वास्थ्यकर्मीले भने अझै तलवभत्ता पाउने सुनिश्चितता भएको छैन । कोभिड ब्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले नियुक्त गरेका डाक्टर, ल्याव टेक्निसियन समेत २८ जना कर्मचारीको तलवी वजेट सुनिश्चितता नभएकोल तलव पाउने टुङ्गो लाग्न नसकेको हो ।
‘तलवको स्रोत सुनिश्चित भएका स्वास्थ्यका कर्मचारीको पारिश्रमिक शुक्रवार विहानसम्म बैंकमा पठाउने सहमतिपछि सवै स्वास्थ्यकर्मी काममा फर्कनु भएको छ’ बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जीतेन्द्र कँडेलले भने, ‘तर कोरोना ब्यवस्थापन तर्फका २८ जना श्वास्थयकर्मीको पारिश्रमिक बजेट प्राप्त नभएकोले अझै अनिश्चित छ ।’
लेखापालले तीन महिनादेखी तलवभत्ता निकासा नदिएको भन्दै बेनी अस्पतालका डाक्टर/स्वास्थ्यकर्मी र कर्मचारीले इर्मजेन्सीबाहेक सवै सेवा ठप्प पारेका थिए । बुधवार साँझ कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख युक्त पौडेल, अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जीतेन्द्र कँडेल, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल समेतको वैठकमा लेखापाल नारायण सुवेदी तलव श्रोत सुनिश्चित भएका स्थाई तथा दरवन्दीका कर्मचारीको तलव विहिवारसम्म र विकास समिति तर्फका कर्मचारीको तवल शुक्रवार विहानसम्म बैंकमा निकासा पठाउने सहमति भएको थियो ।
‘डाक्टर तथा स्वास्थयकर्मीले लेखा प्रणाली, लेखापद्धती र प्रकृयालाई नबुझी आन्दोलन गर्नुको अर्थ मैले पनि बुझेको छैन । स्थाई दरवन्दी तर्फका कर्मचारीको तलवी फाँटवारी तयार भएको छ । विकास समिति तर्फको पनि फाँटवारी बन्दै छ । अस्ती मात्र समितिका कर्मचारी/स्वास्थ्यकर्मीको तलव बृद्धी भएको निर्णय भएकोले हिसाव निकाल्न समय लाग्यो । २२ गते सवै कर्मचारीको खातामा तलव जान्छ’ लेखापाल नारायण सुवेदीले भने ‘महालेखा परिक्षकको टिम आएकोले लेखा परिक्षणको काम भैरहेको छ । यही वर्ष गण्डकी प्रदेश सरकार को साविक सामाजिक विकास मन्त्रालय अन्र्तगतको अस्पताल मन्त्रालय फुटेर स्वास्थ्य मन्त्रालय बनेपछि सेटिङ हुँदैछ । अन्य कार्यालयको पनि जिम्मेवारी भएकोले सवै तर्फको काम एकै पटक त हुन्न नी ?’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल