FLASH NEWS
  • Loading...

मुस्ताङमा २ बर्षपछि सर्वाधिक यात्रु, हिलाम्मे सडकले सास्ती

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५९ पटक पढिएको
मुस्ताङमा २ बर्षपछि सर्वाधिक यात्रु, हिलाम्मे सडकले सास्ती

|kmf]6f] SofK;g M lgdf{0fflwg a]gL hf]d;f]d lxnfDd] ;8sdf b'O{ jif{kl5 ;j{flws w]/} ;jf/L ;fwg cfpg yfn]kl5 a]gL–3f“;f v08sf] klx/f]u|:t IF]qdf hfddf k/]sf ofq'afxs ;jf/L ;fwgx? . a]gL hf]d;f]d ;8sdf 6«flkms hfd x'g] dfq xf]O{g, lxnf] / klx/f]n] ;f“3'/f] ag]sf] ;8sdf] b'3{6gfsf] hf]lvdklg a9]sf] 5 . t:jL/ M 3gZofd v8sf÷sflGtk'/

कोरोना कहरले दुई वर्षदेखी कागवेनी र मुक्तिनाथ मन्दीर सर्तसहित खुल्ला भएपछि पितृपक्ष (सोह् श्राद्ध)मा कागवेनीमा पितृलाई श्राद्ध र मुक्तिनाथ दर्शन आउनेको आन्तरिक पर्यटकको संख्या बढेको छ ।
म्याग्दी प्रवेश गर्ने मुख्य नाका कालीपुल वसपार्क नजिक पुलको मुखमा रहेको प्रहरी पोष्टको अभिलेख अनुसार ०७६ फागुन २२ गतेपछि मंगलवार पछिल्लाे दुइ वर्षमा  सर्वाधिक धेरै २५ वटा वस र ४० बढी जीप/स्कारपीयो मुस्ताङ गएका छन ।
‘०७६ को लकडाउन सुरु भएपछि आज धेरै यात्रुबाहक गाडी मुस्ताङ गएका छन । म्याग्दी र पोखराबाट जोमसोम चल्ने नियमित रुटका चार वटा बस बाहेक आज दिउँसो ३ बजेसम्म रिजर्भमा यात्रु लिएर आएका २५ बस र ४० जीप/स्करपीयो मुस्ताङ गए । मोटरसाईकलको यहाँ रेकर्ड राख्ने गरिएको छैन’ म्याग्दी प्रवेशद्धारमा रहेको कालीपुल स्थित प्रहरी चेकपोष्टका प्रहरी हवल्दार वीर्खबहादुर शाहीले भने, ‘कालीपुल चेकपोष्टमा ड्युटी बसेको पछिल्लो १८ महिनामा यति धेरै यात्रु र गाडी आएको पहिलो पटक हो । पछिल्लो दुई हप्तामा बाईक राईडर र मोटरसाईकलमा डुल्न आउनेको संख्या पनि दैनिक ४०–५० पुग्छ ।’
सरकारी, संस्थान, नियोग र ब्यक्तिगत नम्बर प्लेटका गाडीको अभिलेख नराख्ने भएकोले मुस्ताङ जाने यात्रुको संख्या अझ धेरै भएको छ । मोटरसाईकलको संख्यापनि अत्याधिक बृद्धी भएको छ । असोज दोस्रो सातादेखी मुस्ताङ भ्रमणमा आउने पर्यटको संख्या बढ्न थालेको हो ।
मुस्ताङ प्रसासनले ७ दिन भित्रको पिसिआर नेगेटिभ वा ७२ घन्टाको एन्टीजिन वा पूर्णखोप प्राप्त गरेको कार्ड बाहकलाई असोज १० गतेदेखी मुक्तिनाथ दर्शनार्थीकालागी खुल्ला गरेपछि आन्तरिक पर्यटक संख्या ह्वात्तै बढेको हो । केही भारतिय पनि मुक्तिनाथ आउन थालेका छन ।
कालीपुल प्रहरी पोष्टमा राखिएको सोमबार र मंगलवार दिउँसो ३ बजेसम्मको अभिलेख अनुसार सवैभन्दाबढी पोखराबाट रिजर्भ जीप र बस आएका छन । बुटवल, भैरहवा, चितवन, दाङ, धार्दिङ, दमउलीबाट गाडी आएका छन ।
निर्माणाधिन बेनी–जोमसोम सडकमा सवारी चाप बढेको तर मनसुन अझै नरोकिएकोले पहिरो र हिलोले गर्दा यात्रुलाई सास्ती भएको छ । सवैभन्दा साँघुरो र अप्ठ्यारो मानिएको बेनी–घाँसा ३८ किमी क्षेत्रमा सडक विस्तारकार्य भैरहेको, वर्खाको पहिरोले सडक झन साँघुरो बनेको र मनसुन नरोकिएकोले सडक हिलाम्मेहुँदा बेनी–जोमसोम सडकको बेनी–घाँसा खण्डमा यात्रा कष्टकर भएको छ ।
‘साँघुरो, हिलाम्मे र भिरालो सडकमा सवै गाडी चलाउन सजिलो छैन । पहिरोग्रस्त सडक अझै जोखिमपूर्ण छ’ बेनी–जोमसोम सडकका जीप चालक हिरा पुनले भने, ‘संसारको गहिरो गल्छीमा पर्ने दाना काप्रे खण्डमा बस र टुह्वील गाडी डोजरले तानेर पार गराउनु पर्ने बाध्यता छ । यहीं ट्राफिक जाम हुने समस्या छ ।’
मनसुनले गर्दा सडक झन जोखमिपूर्ण भएका छन । हिलोमा गाडी फस्दा घन्टौं सडक जाम हुने गरेको छ । ७६ किमी सडक छिचोल्न ठूला वसलाई पुरै ७ घन्टासम्म लाग्ने गरेको छ । फोरह्वईल साना गाडीलाई पनि ४ घन्टा जस्तै गुडे पनि लाग्छ ।
मुक्तिनाथ तता मुस्ताङ भ्रमण खुल्ला गरिएसँगै बेनी–जोमसोम सडकमा लामो समयदेखी थन्किएका ठूला यात्रुबाहक वस चल्न थालेका छन । ठूला बस, निर्माण सामाग्री बोकेर उकालो लागेका ट्रक र मुस्ताङबाट स्याउ बोकेर झरेका ट्रक पहिलोग्रस्त, साँघुरा र हिलाम्मे सडकमा पास हुन नसक्दा ट्राफिक जाम हुने गरेको हो । पहिरोले साँघुरा बनेका सडक हिलाम्मे हुँदा सडकमा दुर्घटनाको जोखिम बढेको छ ।
‘हिलाम्मे र साँघुरो सडकमा देशभरबाट भित्रिएका जीप, स्थानीर रुटका बस, मोटरसाईकल र मालबाहक ट्रकको चापले सिङ्गल लेनको बेनी–जोमसोम सडकमा ट्राफिक समस्या हुन थालेको छ’ सडक विभागका स्थानीय सुपरभाईजर समेत रहेका स्थानीय इन्द्रसिं शेरचनले भने, ‘बेनी जोमसोमको गलेश्वर, भीरकाटे र दानाको गुईठे तथा काप्रे खण्डमा अधिक समस्या हुने गरेको छ । पानी पर्न नरोकिएकोले मुस्ताङ आउन अझै हतारो नगर्न मेरो सुझाव छ ।’
बेनी–जोमसोम सडक मात्र होईन सवै ग्रामिण सडक पनि हिलाम्मे छन । सद्धे सडकको पनि कि डिल भत्केको छ की भित्तो भत्केर माटो थुप्रिएको छ । बेनी–जोमसोम सडकमा पनि गाडीलाई पछाडीबाट धकेल्दै र अगाडीबाट डोरीले तानेर चलाउने गरिएको छ । ब्यवसायीका यातायात साधनसँगै यात्रुको सुरक्षा खतरा बढेको छ ।