- Loading...
३३ केजी सुन तस्करी र सनम शाक्यको हत्यामा आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनलाई जन्मकैदको सजाय
- पुनहिल डट कम
- ३ साल अघि
- १२७ पटक पढिएको

साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनलाई जन्मकैदको फैसाला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो । घटनामा संलग्न भएको आरोप लागेका सबै प्रहरीले सफाइ पाएका छन् ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो। यस्तै, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ।
जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय तोकिएको जानकारी दिए। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी दिए।
गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थियाे।
प्रहरीका उच्च अधिकारीसहित ७७ जना प्रतिवादी
नेपाल प्रहरीका उच्च अधिकारीसहित मुद्दामा ७७ जना प्रतिवादी छन्। प्रतिवादीमध्ये ५५ जना पक्राउ परे पनि २२ जना अझै फरार छन्।
मुद्दाका प्रतिवादीमा उच्च प्रहरी अधिकारी, तस्करीको सुनका लगानीकर्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न एयरलाइन्समा कार्यरत कर्मचारी तथा गोरे समूहका सदस्यहरू रहेका छन्।
प्रहरीले सुन तस्करी एवं सनम हत्याका मुख्य अभियुक्त गोरे रहेका बताएको छ।
उनकै योजना र धनाड्य व्यापारीको लगानीमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा युएईको दुबईदेखि करिब ३८ क्विन्टल सुन तस्करी गरी नेपाल भित्र्याइएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी अधिकारीले भन्सारबाट सुन छिराउन सहयोग गरेका अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
तस्करीको सुन भने अझै फेला परेको छैन सुन भारत पुर्याइएकाले फेला नपरेको बताइएको छ।
दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते नेपाल ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेको समूहले मोरङ उर्लाबारीका सनमको हत्या गरेको हो।
२०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै हत्या गरिएका उनको शव भोलिपल्ट विराटनगरबाट बरामद गरिएको थियो। सनम हत्याको अनुसन्धान गर्ने क्रममा गोरेको समूहले ठूलो परिणाममा सुन तस्करी गरिरहेको पत्ता लागेको हो। सनम सुन तस्करका भरिएका थिए।
घटनाको अनुसन्धान सकिएपछि जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ शीर्षकमा मुद्दा दर्ता गरिएको थियो।
सरकारी वकिल कार्यालय मोरङले १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको भन्दै त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरेको हो।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
