- Loading...
अखिल (क्रान्तिकारी)को सम्मेलनमा नाराबाजी, केन्द्रीय कमिटी घोषणा हुन सकेन
- पुनहिल डट कम
- ३ साल अघि
- २२५ पटक पढिएको

कपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको काठमाडौंमा भएको २२औँ राष्ट्रिय सम्मेलनले अध्यक्ष मात्र चुन्न सकेको छ ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी गरिए पनि विधान संशोधनका सन्दर्भमा प्रतिनिधिले नाराबाजी गरेपछि नाम घोषणा हुन नसकेको हो ।
विधान संशोधन प्रस्तावमाथि अध्यक्षमण्डलले पदाधिकारी र केन्द्रीय सदस्य संख्या थप गर्ने निर्णय सुनाउन लाग्दा प्रतिनिधिले नाराबाजी गरेका थिए । निरन्तर नाराबाजीका कारण अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गर्दै सम्मेलन सकिएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय गरिएको थियो । महासचिवमा दीपेश पुनको नाममा सहमति जुटेको छ ।
अखिल क्रान्तिकारीले अब २५ सदस्यीय पदाधिकारी र १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने नीति लिएको छ । यसअघि क्रान्तिकारीको केन्द्रीय कमिटीमा २ सय ४३ जना थिए । अब अध्यक्ष १, उपाध्यक्ष ३ खुला र ४ समावेशी, महासचिव १ हुनेछन् भने २ उपमहासचिव हुनेछन् । उपत्यका विशेष प्रदेशसहित ७ प्रदेशबाट १-१ गरी ८ जना सचिव हुनेछन् । थप ५ समावेशी सचिव बनाउने अधिवेशनले पारित गरेको छ । १ कोषाध्यक्ष हुनेछ ।
सम्मेलन यही १४ असोजदेखि काठमाडौंमा क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन सुरु भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
