- Loading...
काठमाडौं उपत्यकाबाट २०७ जना चोर र पाकेटमार पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- १४६ पटक पढिएको

चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा चोर र पाकेटमारको विगविगी बढेको छ । यसैलाई नियन्त्रण गर्न भन्दै प्रहरीले अपरेसन नै सञ्चालन गरेको छ ।
यस क्रममा प्रहरीले सफलता पनि हात पारेको छ । प्रहरीले उपत्यकाबाट २०७ चोर र पाकेटमार पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सातलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरले सोमवार सार्वजनिक गरेको हो । झण्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ । ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । कसुर प्रमाणितपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरू जेल चलान भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरू उपत्यकाको चाबहिल, कोटेश्वर, कलंकी, सातदोबाटो, नयाँ बसपार्क, बालाजु क्षेत्रबाट पक्राउ परेका हुन् । पाकेट मार्ने क्रममा उनीहरूले सर्वसाधारण तथा यात्रुले नबुझ्ने भाषा प्रयोग गर्ने प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी परिसर प्रमुख सिंहका अनुसार उनीहरुले उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसका यात्रु र किनमेल गर्न बजारमा गएकाहरुको नगद, मोबाइल र गरगहना चोरी गर्ने गरेका थिए । सार्वजनिक बसभित्र समूह बनाई छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराबन्दी गरी पाकेट मारेर गरेर पालोपालो गरी ओर्लिने गरेको प्रहरीको भनाइ छ ।
दशैँ विशेष सुरक्षा अन्तर्गत काठमाडौं प्रहरी परिसरले उपत्यकाका नाकाहरुमा समेत कडाइ गरी सुरक्षा निगरानी बढाएको जनाएको छ । दसैँमा काठमाडौं उपत्यका बाहिर घर भएकाहरु जन्मघर जाने र घर तथा कोठा खाली हुने भएका कारण चोरी र डकैती बढ्ने प्रहरीको भनाइ छ । त्यसैले चनाखो रहन र सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
