- Loading...
प्रधानन्यायाधीश जबराले ओलीसँग पनि मागेका थिए मन्त्री
- पुनहिल डट कम
- ३ साल अघि
- १४५ पटक पढिएको

मन्त्रालय भागवण्डामा भाग खोजेका प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको पाइएको छ ।
७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) र हाल लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष र एमाले नेताहरु मन्त्री बनेका थिए ।
एमाले उच्च स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले त्यसबेला भिनाजु केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए ।
जबराले दुई राजदूत पनि मागेका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले जबराको प्रस्तावमा हुन्छ वा हुन्न केही भनेका थिएनन् । तर उप्रेती दौरा सुरुवाल लगाएरै बालुवाटार पुगेको चर्चा एमाले शीर्ष नेताहरुबीच भएको थियो ।
त्यो थाहा पाएपछि एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले ओलीसामू कुनै हालतमा प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाउन नहुने अडान लिएका थिए । एक नेता भन्छन्, ‘त्यसपछि (तत्कालीन) प्रधानमन्त्री ओलीले मैले कहाँ (मन्त्री बनाउन) गर्न खोजेको हो र ? भन्नुभयो । सकियो ।’
भिनाजुलाई मन्त्री बनाउने र दुई राजदूत दिनुपर्ने प्रस्ताव स्वीकार नगरेकै झोँकमा प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद् विस्तारलाई खारेज गर्ने आदेश दिएको एमाले नेतृत्वको दाबी छ ।
संसद विघटनपछि ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट परेको थियो । यो रिटको प्रारम्भिक सुनुवाइ २५ जेठमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा भएको थियो । खतिवडाको इजलासले कारण देखाउ आदेश दियो र अन्तरिम आदेशबारे छलफलका लागि दुबै पक्षलाई बोलाउन आदेश दियो ।
विपक्षीबाट लिखित जवाफ पेश भएपछि प्रधानन्यायाधीश जबराले ८ असारमा यो मुद्दाको पेशी आफू र न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा राखे । उक्त इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गर्ने आदेश दिएको थियो ।*अनलाइन खवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
