- Loading...
नेपाल भारत सीमा क्षेत्रमा हिंसात्मक भिडन्तमा ८ जनाको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- ३१२ पटक पढिएको

नेपाल भारत सीमा क्षेत्रमा भीषण हिंसा भएको छ । कैलाली जिल्लाको टिकापुरकाे पारिपट्टी भारतकाे तिकुनियामा हिंसात्मक भिडन्तहुँदा ८ जनाको मृत्यु भएकाे छ । यसरी मारिनेमा ४ जना किसान छन् । अन्यमध्ये २ जना भारतीय जनता पार्टीका कार्यकर्ता र २ जना ड्राइभर छन् । १२ देखि १५ जना घाइते छन् ।
नेपाल–भारत सीमा नजिकै हिंसा भइरहेको भए पनि यसको प्रभाव अहिलेसम्म नेपालमा नपरेको र यसले नेपालमा खतरा निम्त्याउने जोखिम अहिलेसम्म नदेखिएको कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताएका छन् ।
केहो तिकुनिया हिंसाको घटनाक्रम ?
बीबीसी हिन्दीका अनुसार आइतबार उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्य पूर्वनिर्धारित कार्यक्रमअनुसार लखिमपुर खिरीमा थिए । उनले वंदन गार्डेनका सरकारी योजनाको शिलान्यास गर्ने कार्यक्रम थियो । उनी हेलिकप्टरबाट जाने पूर्वनिर्धारित कार्यक्रम भए पनि शनिबार बिहान प्रोटोकल बदलेर सडकबाट आएका थिए । संयुक्त किसान मोर्चाले उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्रीको कार्यक्रमको विरोध गर्न किसानहरुलाई आह्वान गरेको थियो ।
दिउँसो १ बजेतिर उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्री नेपालसँग सीमामा रहेको वनवीरपुरका लागि हिँडेका थिए । यस क्रममा नेपाल सीमाबाट मात्रै ४ किलोमिटर उतापट्टि रहेको तिकुनियामा एक स्कुलमा कुश्ती प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रम थियो । अजय मिश्र केन्द्रीय गृह राज्यमन्त्री बनेपछि उनको सम्मानमा आयोजना गरिएको कार्यक्रम धेरै भव्य थियो त्यसैले उपमुख्यमन्त्री प्रमुख अतिथि थिए ।
केही दिन पहिले लखीमपुरको सम्पूर्णनगरमा मन्त्री अजय मिश्रले किसानहरुलाई धम्क्याएका थिए । उनले कालो झण्डा देखाउने किसानहरुलाई चेतावनी दिँदै भनेका थिए ‘म केवल मन्त्री होइन, सांसद वा विधायक होइन । जसलाई म सांसद वा विधायक बन्नुभन्दा पहिले मेरो विषयमा थाहा छ उनीहरुलाई यो पनि थाहा होला कि म कुनै चुनौतीसँग भाग्दिन । र, जुन दिन मैले त्यो चुनौतीलाई स्वीकार गरेर काम गर्छु त्यस दिन पालिया होइन लखीमपुर छोड्नुपर्छ, यो याद राख्नू ।’ मिश्रको यो भनाइका कारण किसानहरु आक्रोशित थिए ।
आइतबार बिहानदेखि सयौं किसानहरु तिकुनियाको महाराजा अग्रसेन इन्टर कलेजमा बनेको हेलिप्याड घेराउ गरेर कालो झण्डासहित विरोध गरिरहेका थिए । मन्त्री हेलिकप्टरबाट नभइ सडकबाट आउने खबर पाएपछि किसानहरु तिकुनियाबाट नेपाल भारत सीमाको बनवीरपुर आउने बाटो गाडी राखेर रोकेर बसे । त्यही बेला तीन गाडीहरु तिकुनिया पुगे । किसानहरुका अनुसार यी गाडीहरु किसानहरुको भिडमाथि नै दौडाइयो जहाँ गाडीले किचिएर ४ जना किसान मारिए । किसानहरुका अनुसार गाडीमा मन्त्रीका छोरा आशिष मिश्र पनि थिए र उनले एक किसानलाई गोली समेत हाने ।
अजय मिश्राका छोरा आशिष मिश्राले भने आरोप अस्वीकार गर्दै आफूलाई निर्दोष प्रमाणित गर्नको लागि प्रमाण पेश गर्ने बताएका छन् । भाइरल भिडियोमा आक्रोशित भीडले एउटा जीपमा लाठी बर्साइरहेको र गाडिबाट बाहिर निस्किएका २ जनामाथि पनि लाठी बर्साइरहेको देख्न सकिन्छ । मन्त्रीका छोरा आशिष मिश्रले भने आफ्नै कार्यकर्ता मारिएको बताउँदै आफूले किसानहरुको भीडमा गाडी दौडाएको कुरा झुटो भएको दावी गरेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
