FLASH NEWS
  • Loading...

यी हुन् ढाड दुख्ने कारण, कसरी बच्ने ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२० पटक पढिएको
यी हुन् ढाड दुख्ने कारण, कसरी बच्ने ?

धेरैलाई ढाड दुख्ने समस्याले सताउने गर्छ । अझै पुरुषको तुलनामा यो समस्या महिलामा धेरै हुन्छ । अस्तव्यस्त जीवनशैली, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा बस्ने तथा व्यायाम नगर्ने बानीका कारण पनि आजभोल यो समस्या बढ्दै गइरहेको छ । योसँगै ढाड दुख्ने कारणहरु के के हुन् ? र, यो समस्याबाट कसरी बच्ने भन्ने विषयमा फिजियोथेरापिस्ट डा. बिरासन राजभण्डारीको सुझाव यस्तो छ :

कारण

– सही तरिकाले नबस्नु वा बसाई नमिल्नु
– लामो समय टेडो गरेर बस्नु
– ढाडको हड्डी र मांसपेशीमा समस्या आउनु
– एक्कासी गह्रौ कुरा उचाल्नु
– ढाडको हड्डी खिइनु
– मेरुदण्डमा चोटपटक लाग्नु
– हड्डीमा क्याल्सियमको कमी हुनु
– मिर्गाैलामा पत्थरी हुनु
– महिलामा रजस्वला हँुदा पनि ढाड दुख्न सक्छ
– नशा च्यापिनु

बच्ने उपाय

– पोजिसन मिलाएर बस्ने
– लामो समय एकै स्थानमा बसेर काम नगर्ने
– क्यालसियमयुक्त सन्तुलित खाना खाने
– नियमित व्यायाम गर्ने
– सुत्दा शरीर र सिरानीको आसन मिलाएर सुत्ने
– भुइँमा खसेको सामान समात्न परे निहुँरिएर भन्दा आरामले बसेर समात्ने

उपचार

 के कारणले ढाड दुखेको हो त्यो कुरा पत्ता लगाएर त्यही अनुसार उपचार गर्ने ।
– फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ ।
– फिडिजियोथेरापीस्टको सल्लाह अनुसार व्यायाम गर्ने ।
– संक्रमण, ट्युमर र क्यान्सरको कारणले ढाड दुखेको हो भने सम्बन्धित डाक्टरको सल्लाहअनुसार उपचार गर्ने ।