FLASH NEWS
  • Loading...

म्याग्दीका स्वास्थ्य संस्थाबाट बर्षेनी हराउँछन गर्भवती

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२४ पटक पढिएको
म्याग्दीका स्वास्थ्य संस्थाबाट बर्षेनी हराउँछन गर्भवती

पहिलो गर्भजाँच गरेका गर्भवती भन्दा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनेको संख्या धेरै थोरै हुने गरेको छ ।
जिल्ला स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली (एचएमआइएस)को अभिलेख अनुसार गत आर्थिक वर्षमा म्याग्दीमा पहिलो गर्भजाँच देखी सुत्केही हुँदासम्म २ सय ५८ गर्भवती हराएका छन । अभिलेख अनुसार आव ०७७/०७८ मा जिल्लाभरीको स्वास्थ्य संस्थामा पुगेर १ हजार ५ सय १३ जना गर्भवतीले पहिलो गर्भजाँच गराएका थिए । तर सोही अवधिमा जम्मा १ हजार २ सय २७ जनाले स्वास्थ्य संस्थामा र २८ जना गर्भवती घरमै सुत्केरी भए ।
तथ्याङ्कमा आव ०७५/०७६ मा जिल्लाका सवै ६ स्थानीय तहका स्वास्थ्य संस्थामा १ हजार ९ सय ९९ जनाले पहिलो गर्भजाँच गराएकामध्य १ हजार ३ सय ३७ ले स्वास्थ संस्थामा र ४२ जना घरमै सुत्केरी भए । यो वर्ष जिल्लाभर ६ सय २० जना गर्भवती रेकर्डबाट हराए ।
त्यसैगरी ०७६/०७७ मा १ हजजार ७ सय ८३ जनाले पहिलो गर्भजाँच गराएकामध्य जम्मा १ हजार ३ सय ३७ जना गर्भवती मात्र सुत्केरी भएका थिए । यो वर्ष ४ सय ४६ जना सुत्केरी रेकर्डबाट हराएका छन । गर्भकालमा ४ पटक गर्भ जाँच गर्नु पर्ने हुन्छ । पहिलो गर्भजाँचदेखी सुत्केही हुँदासम्म गर्भवती संख्या घट्दै गैरहेको हुन्छ । आखिर कहाँ गए यी गर्भवती ? कसैले खोजी गरेको भेटिदैन ।
‘पहिलो गर्भजाँचपछि महिलाले स्वास्थ्य संस्था वा बाहिर गर्भपतन गरेका हुन सक्छन । दोस्रो घरमै सुत्केरी भएका हुन सक्छन र तेस्रो जिल्ला बाहिर पोखरा, काठमाण्डौ पुगेर सुत्केरी सेवा लिएका हुन सक्छन’ बेनी अस्पतालका मेडिकल रेकर्डर तथा मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर)का फोकल पर्सन प्रकाश शर्माले भने, ‘गर्भवतीको ड्रप आउट विषय सम्बेदनशिल हो । अध्ययन आवश्यक छ ।’
गर्भवती हराउने मात्र होईन जिल्लामा वर्षेनी स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनेको संख्या पनि घट्दै गएको तथ्याङ्क छ ।
गत आर्थिक वर्षको समिक्षा गर्ने क्रममा बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जीतेन्द्र कँडेलले पछिल्लो तीन वर्षको आँकडामा अस्पताल/स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या घटेको तथ्याङ्क प्रस्तुत गरे ।
बेनी अस्पतालको तथ्याङ्क अनुसार आव ०७५/०७६ मा ८ सय ४८ जना गर्भवती पुगेर सुत्केरी भएका थिए । ०७६/०७७ मा संख्या ८ सय ११ जना र आव ०७७/०७८ मा झन घटेर ७ सय ३४ जना मात्र सुत्केरी भएका छन । सोही अवधिमा शल्यक्रिया गरी सुत्केरी गराउनेको संख्या भने बढेको छ । आव ०७५/०७६ मा ६९ जना, ०७६/०७७ मा ७४ जना र ०७७/०७८ मा १ सय ३७ जना गर्भवतीको शल्यक्रियागरी सुत्केरी गराईएको थियो ।
‘कोरोनाको संक्रमण र लकडाउन सुरु भएपछि अस्पतालमा सुत्केरी हुन आउने गर्भवतीको संख्या घटेको देखिएको छ । सुत्केरी हुन आउनेमध्य पनि शल्यक्रियाबाट सुत्केही हुनेको संख्या भने बढी रहेको देखिएकोले कोरोनाको त्रासले गर्भवती अस्पताल आएनन कि भन्ने ठानेका छौं’ बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जीतेन्द्र कँडेलले भने, ‘सुत्केरी गराउने मात्र होईन, बेनी अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको संख्या पनि घटेको छ । गहिरो अध्ययन आवश्यक छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल