FLASH NEWS
  • Loading...

कतारी राजकुमारी थानी धौलागिरी हिमाल आरोहण गर्दै

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९५ पटक पढिएको
कतारी राजकुमारी थानी धौलागिरी हिमाल आरोहण गर्दै

कतारी राजकुमारी शेखा आस्मा अल थानीले धौलागिरी हिमाल आरोहण गर्ने भएकी छन् । धौलागिरी बेसक्याम्पमा पुगेकी थानी अहिले क्याम्प २ देखि क्याम्प ३ तर्फ लागेकी छन् ।

उनले सोमबार (अक्टोबर ४ तारिख) धौलागिरी हिमाल आरोहण गर्ने छिन् । अहिले उनी क्याम्प २ देखि क्याम्प ३ तर्फ लागेकी छन् र मौसममा खराबी नआए यही अक्टोबर ४ तारिखमा धौलागिरी आरोहण गर्ने याेजना छ ।

यसअघि थानीले अक्टोबर २७ तारिख सोमबार बिहान साढे १० बजे बिना अक्सिजन मनास्लु हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी थिइन् । उनी विश्वका सात महादीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित मनास्लु हिमाल चढ्न लागेकी हुन् ।

उनले दक्षिण अमेरिकाको ६ हजार ९ सय ६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५ हजार ८ सय ९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६ सय ४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छन् ।

यसअघि सन् २०२१ को वसन्तमा सगरमाथा आरोहणमा आएकी उनी बेस क्याम्पसम्म पुगेकी थिइन । तर, त्यसबेला मौसममा आएको खराबीका कारण आरोहण जोखिमपूर्ण र असुरक्षित भएकाले आरोहण अभियान रद्ध भएको थियो ।

नेपालबाट विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमाल चढ्ने पहिलो नेपाली महिला पासाङ ल्हामू शेर्पा(अकिता) हुन् । उनले गत शुक्रबार मात्र धौलागिरी हिमालको सफल आरोहण गरेकी हुन् । शेर्पाले पहिलो पटक आरोहण गरेको केही घण्टा पछिनै पूर्णिमा श्रेष्ठले आरोहण गरेकी थिइन् ।