- Loading...
कालीगण्डकी वारी–पारीका हिमालमा पूर्णिमाका दुई किर्तिमान
- पुनहिल डट कम
- ३ साल अघि
- २५० पटक पढिएको

म्याग्दी जिल्लामा पर्ने कालीगण्डकी नदीको कटानले बनाएको संसारको सर्वाधिक ६ हजार ९ सय ६७ मिटर गहिरो अन्धगल्छीको दायाँ र बायाँ अवस्थित धौलागिरी र अन्नपुर्ण हिमालमा पाईला राख्ने पूर्णिमा श्रेष्ठ पहिलो नेपाली महिला पर्वतारोही बनेकी छिन ।
गत वसन्त ऋतु (चैत महिना)मा ८ हजार ९१ मिटर अग्लो किलर माउण्टेन अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी पूर्णिमा श्रेष्ठले पाँच महिनापछि शरद ऋतु (असोज)मा धवलागिरी हिमाल आरोहण गरी दुवै हिमालमा सफल आरोहण गर्ने पहिलो नेपाली महिलाको किर्तिमान राखेकी हुन ।
‘माउण्टेन किलर मानिएको अन्नपूर्ण आरोहण गरें, अव धवलागिरी हिमालमा नेपाली महिलाको पाईला चढाउने धोको छ’ अन्नपूर्ण हिमाल आरोहणबाट फर्केपछि पूर्णिमा श्रेष्ठले तातोपानीमा कान्तिपुरसंग भनेकी थिईन, ‘धवलागिरी हिमाल आरोहण पनि उत्तिकै जोखिमपूर्ण र कठिन मानिन्न छ । त्यसैले हिमाल आरोहणको संख्या बढाउने भन्दा भन्दाबढी जोखिम मोल्ने र नेपाली महिला आरोहणको रेकर्ड राख्ने हुटहुटी छ ।’
अन्नपूर्ण र धवलागिरी हिमालको नामबाट ‘अन्ध गल्छी’ नामाकरण गरिएको हो । दुवै हिमाल म्याग्दी जिल्लामा पर्छ । अन्नपूर्ण प्रथममा श्रेष्ठ समेत ५ जना नेपाली महिला पर्वतारोहीले र धवलागिरीमा दुई जना महिला पर्वतारोहीले आरोहण गरेका हुन ।
धवलागिरी हिमश्रृखलाका ६ वटा टाकुरामध्य संसारको सातौं र नेपालको छैठौं आठ हजार १६७ मिटर अग्लो धवलागिरी प्रथम हिमालको चुचुरामा पहिलो पटक नेपाली महिलाले पाईला राखी किर्तिमान राखेका छन ।
म्याग्दीको धवलागिरी गाउँपालिका, ४ मुदीमा पर्ने धवलागिरी प्रथम हिमाल शुक्रवार विहान ५.३० बजे पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पा (अकिता)ले सफल आरोहणगरी नेपाली महिला पर्वतारोहणमा किर्तिमान राखेका हुन ।
संस्कृतमा धवला भनेको सेतो र गिरी भनेको पर्वत भन्ने अर्थ अनुसार धवलागिरी नाम रहेको हो । यो हिमाल सन् १८०८ मा भारतमा रहेको वेलायती सर्भे टिमले पत्ता लगाएको हो । धवलागिरी प्रथम हिमाल सन १९६० मा प्रथम पटक निमा दोर्जे र नवाङ्ग दोर्जेको सहयोगमा स्वीस तथा अष्ट्रेलियाली टोलीका प्रमुख कुर्ट डिम्वरगर लगायत आठ जनाले गरेका थिए ।
धवलागिरी आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहणको हिसावले धौलागिरी सबभन्दा कान्छो हिमालको रुपमा चिनिन्छ । धवलागिरीमा हालसम्म पाँच सयबढी आरोहीले सफल आरोहण गरिसकेको तथ्यांक छ ।
यस सिजनमा प्रतिकुल मौषकका विच नेपाली महिला पर्वतारोहीहरु पूर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा (अकिता) समेत १० नेपाली र १० विदेशीगरी २० जनाले शुक्रवार धवलागिरी प्रथम हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
आरोहणमा संलग्न सेभेन समिट ट्रेक्सका अनुसार टासी शेर्पा, छिरिङ शेर्पा, लाक्पा डेण्डी शेर्पा, लाक्पातेम्बा शेर्पा, दावा साङ्गे शेर्पा, पास्तीम्बा शेर्पा, पीचुम्बा शेर्पा, पासाङ रिन्जीन शेर्पा र पूर्णिमा श्रेष्ठ नेपाली तथा विदेशी पर्वतारोहीहरुमा हो चेल हि दक्षिण कोरिया, हि जीङ चाईना, भिर्डिना अर्भड चाभेज मेक्सीको, सोफी लाभोड स्वजरल्याण्ड, नाको वाटाम्बे जापान, सिर्वाज खान पाकिस्तान र ल्यायरल्याण्डका मार्टोइ वोनालुम , मार्को क्यामान्डोना तथा पिट्टो पिको ले सदर ऋतुमा धवालागिरी प्रथम हिमालको सफल आरोहण गरेका हुन ।
मौषम प्रतिकुल भएपछि ८२ बर्षे कार्लोसले धवलागिरी आरोहण त्यागे
धवलागिरी प्रथम (८१६७मी.) आरोहण गर्न पहिलो क्याप उक्लेका ८२ वर्षिय स्पेनी कार्लोस सोरिया फोन्टेन (ऋबचयिक क्यचष्ब ायलतबल) ले आरोहण त्यागेका छन ।
धवलागिरीको अस्थिर मौषम र भारी हिमपातले गर्दा ७ हजार मिटर उचाईको पहिलो क्याम्प पुगेका कार्लोसले आरोहण प्रयास त्यागेर तल वेस क्याम्प ओर्लेका छन । किर्तिमानी बृद्ध कार्लोसले आफ्नो फेसवुक पेज (थय कगदय अयल अबचयिक कयचष्ब)मा भर्खर स्टाटस लेखी मौषमले गाहे बनाएकोले आरोहण प्रयास त्यागेर तल ओर्लने निर्णय गरेको जनाएका छन ।
उनले लेखेका छन, ‘धवलागिरीको माथिल्लो भाग भयानक हिउँले ढाकिएको छ । धवलागिरीको शिखर पुग्ने बाटो बनाउने शेर्पाहरु हिजोदेखी टाईटेनिक शैलीमा काम गरिरहेका छन । तर म तल वेस क्याम्प ओर्लने निर्णयमा पुगेको छु ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
