- Loading...
शरद ऋतुमा पहिलो पटक नेपाली महिला पूर्णिमा र पासाङ शेर्पा समेत १९ पर्वतारोहीले गरे धवलागिरीको आरोहण
- पुनहिल डट कम
- ३ साल अघि
- ३०३ पटक पढिएको

संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामू शेर्पा अकिताले सफल आरोहण गरेका हुन् ।
प्रतिकुल मौषकका विच नेपाली महिला पर्वतारोही पूर्णिमा श्रेष्ठसमेत १० नेपाली र ९ विदेशीगरी १९ जनाले शुक्रवार विहान ८१६७ मिटर अग्लो धवलागिरी प्रथम हिमाल आरोहण गरेका हुन । नीमा टेण्डी शेर्पाको नेतृत्वमा १९ जना आरोहीले धवलागिरी प्रथम हिमाल आरोहण गराएको सेभेन समिट ट्रेक्सले फेसवुकमा जनाएको छ ।
आरोहणमा संलग्न सेभेन समिट ट्रेक्सका अनुसार टासी शेर्पा, छिरिङ शेर्पा, लाक्पा डेण्डी शेर्पा, लाक्पातेम्बा शेर्पा, दावा साङ्गे शेर्पा, पास्तीम्बा शेर्पा, पीचुम्बा शेर्पा, पासाङ रिन्जीन शेर्पा र पूर्णिमा श्रेष्ठ नेपाली तथा विदेशी पर्वतारोहीहरुमा हो चेल हि (HO Hheol Hee) दक्षिण कोरिया, हि जीङ (He Jing) चाईना, भिर्डिना अर्भड चाभेज (Virdinana Alvarez Chavez) मेक्सीको, सोफी लाभोड (Sophie Lavaud) स्वजरल्याण्ड, नाको वाटाम्बे (Naoko Watanabe) जापान, सिर्वाज खान (Sirbaz Khan) पाकिस्तान र ल्यायरल्याण्डका मार्टोइ वोनालुम (Matteo Bonalumi), मार्को क्यामान्डोना (Matteo Bonalumi) तथा पिट्टो पिको (Pietro Picco) ले सदर ऋतुमा धवालागिरी प्रथम हिमालको सफल आरोहण गरेका हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
