- Loading...
गाउँपालिकाले खाेलिदियाे विद्यार्थीको बैंक खाता
- पुनहिल डट कम
- ३ साल अघि
- ३६६ पटक पढिएको
![243065287_844121299583897_6190312154340962924_n गाउँपालिकाले खाेलिदियाे विद्यार्थीको बैंक खाता](https://www.punhill.com/wp-content/uploads/2021/10/243065287_844121299583897_6190312154340962924_n.jpg)
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा बैंक खाता खोल्न विद्यार्थी संगै गापा अध्यक्ष लोप्साङ छेम्पेल विष्ट। तस्बिर : गाापा अध्यक्ष विष्टको फेसबुकबाट
गाउँपालिकाभरि आठ विद्यालय छन् । एउटामा मात्र ८ कक्षासम्मको पढाइ हुन्छ । त्यसभन्दा माथिका कक्षा पढ्न लोमन्थाङ र सदरमुकाम जोमसोम पुग्नुको विकल्प छैन । हुनेखानेले पोखरा, काठमाडौं लगेर छोराछोरी पढाएका छन् । नसक्नेका छोराछोरीबीचैमा पढाइ छाड्न बाध्य छन् ।
यही बाध्यता अन्त्यका लागि मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले जुक्ति लगाएको छ । पालिकाले कम्तीमा १२ कक्षासम्म गाउँमै पढाउन सबै विद्यार्थीको बैंक खाता खोलेर मासिक रकम जम्मा गर्न थालेको हो । प्रोत्साहन मिलोस् भनेर १ देखि १० कक्षासम्मका विद्यार्थीको खाता खोलेर मासिक २ सय ५० रुपैयाँ जम्मा गर्ने गाउँपालिकाले जनाएको छ ।
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले हरेक विद्यार्थीको २५० का दरले बैंकमा रकम जम्मा गर्नेछ । यो रकम विद्यार्थी बालिग भएपछि मात्रै निकाल्न मिल्छ ।
‘चालु आर्थिक वर्षको सुरुदेखि नै लागू हुने गरी विद्यार्थीको खाता खोल्ने क्रम सुरु भइसक्यो,’ गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले भने, ‘मासिक २ सय ५० का दरले एक वर्षकै एकमुष्ट रकम जम्मा गर्दै छौं ।’ उनका अनुसार गाउँपालिकाको शिक्षाको बजेट र आन्तरिक स्रोतबाट बैंकमा रकम जम्मा गर्नेछ । अभिभावकले पनि मासिक २ सय ५० रुपैयाँ जम्मा गर्नुपर्ने उनले बताए ।
गाउँपालिकामा १० कक्षासम्म पढ्ने विद्यार्थीको संख्या २ सय १५ छ । नियमित पढाइ र उच्च शिक्षामा पनि आकर्षित गर्ने योजनाअन्तर्गत यस्तो अभियान थालिएको अध्यक्ष बिष्टले बताए । ‘विद्यार्थीलाई कम्तीमा १२ कक्षासम्म कसरी स्थानीयस्तरमै पढाउने भन्ने सोच आयो,’ उनले भने, ‘देशविदेशका शिक्षा नीति हेरें । एक्कासि यो जुक्ति फुर्यो ।’ प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत जनप्रतिनिधिसमक्ष कुरा राखेपछि योजनाले मूर्त रूप पाएको उनको भनाइ छ ।
कार्यपालिका बैठक हुँदै गत असार १० को गाउँसभाले योजना पारित गरेको थियो । ‘यो अभियानले विद्यार्थीले कम्तीमा १२ कक्षासम्म उच्च मनोबलका साथ पढ्ने विश्वास छ,’ अध्यक्ष बिष्टले भने, ‘बैंकमा जम्मा गरिने रकम विद्यार्थी बालिग भएपछि मात्रै निकाल्न सकिन्छ ।’ बर्सेनि एउटा कक्षा थपेर १२ सम्म पुर्याउने योजनासमेत रहेको उनले बताए । ‘थोपाथोपा पानी जम्मा गरी घडा भरेझैं उच्च शिक्षामा बालबालिकालाई केही योगदान पुर्याउन सकिन्छ कि भनेर सानो प्रयास थालेका हौं,’ बिष्टले भने ।
लोघेकर–दामोदरकुण्ड–३ घिलिङस्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक निमा गुरुङले यस्तो अभ्यास नेपालमै पहिलो र नौलो हुन सक्ने बताए । ‘धनीले बाहिर लगेर पढाउँछन् । विपन्न परिवारका बालबालिका गाउँकै स्कुल पढ्छन्,’ उनले भने, ‘८ पढेपछि प्रायः सबै बालबालिकाले पढाइ छाड्थे । उच्च शिक्षा परको कुरा ।’ सोही विद्यालयको ८ कक्षाका विद्यार्थी सङ्बो गुरुङले गाउँपालिकाको अभियानले उत्साहित बनाएको बताए । ‘बैंकका जम्मा भएको पैसाले क्याम्पस पढ्न पनि सघाउने भयो,’ उनले भने, ‘भए त पैसा अझै बढाइदिए राम्रो हुन्थ्यो ।’ *इकान्तिपुरबाट
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)