FLASH NEWS
  • Loading...

बेनीमा तोरन्ल्ह गोल्डकप ताराखेल प्रतियोगिता सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०५ पटक पढिएको
बेनीमा तोरन्ल्ह गोल्डकप ताराखेल प्रतियोगिता सुरु

सदरमुकाम बेनीमा शुक्रवारदेखी एघारौं केन्द्रीय तोरन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) खेल प्रतियोगिता सुरु भएको छ ।


थकाली सेवा समितिले आयोजना गरेको प्रतियोगितामा देशभरका २१ क्षेत्रीय समितिमध्य १८ टिमको सहभागिता रहेको सहआयोजक थकाली सेवा समाज बेनीले जनाएको छ ।


प्रतियोगिताको उद्घाटन गर्दै मुस्ताङका प्रतिनिधी सभा सदस्य प्रेमप्रसाद तुलाचनल भने, ‘थकाली जाति समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल प्रर्वद्धन र खेल पर्यटन विकास गर्न तोरन्ल्ह गोल्डकप तारा (आर्चरी) खेल प्रतियोगिता सहयोगी हुने छ ।’


सहआयोजक थकाली सेवा समाज बेनीका अध्यक्ष जगतनारायण गौचनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५ तोलाको गोल्डमेडल सहित १ लाख नगद र गोल्डकप हात पार्ने छन ।

प्रतियोगिता प्रत्यक तीन वर्षमा एक क्षेत्रिय समितिले आलोपालो आयोजना गर्ने प्रचलन रहेको छ ।