Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा नेपालकै पहिलो पानी थेरापी अस्पताल खुल्दै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३४६ पटक पढिएको
म्याग्दीमा नेपालकै पहिलो पानी थेरापी अस्पताल खुल्दै

नेपालमा पहिलो पटक प्राकृतिक तातोपानीसँग जोडेर साउना स्नान, थेरापी र योगालाई जोडेर नेपालमा पहिलो प्राकृतिक चिकित्सालय सुरु हुन लागेको छ ।
बेनी नगरपालिका, ४ सिङ्गा स्थित तातोपानीमा खुल्न परम्परागत तातोपानी उपचार विधीसँग जोडेर नेपालमा पहिलो पटक तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालय संञ्चालन हुन थालेको हो । कोरोना संक्रमणको कारण जारी लकडाउनले बन्द भएको यहाँका तातोपानीका पोखरीहरु असोज १ गतेबाट निश्चित मापदण्डसहित खुल्ला गरिएको छ ।
तातोपानी कुण्ड ब्यवस्थापन समितिले परम्परागत प्राकृतिक तातोपानी पोखरीमा डुवुल्कि लगाउँदै आएको उपचार विधीमा योगा थेरापी, मसाज थेरापी, हाईड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकपंचर विधीबाट पनि उपचार हुने छ ।
‘प्राकृतिक अस्पतालमा आवश्यक सवै थारापीका उपकरण आईसकेका छन । तर समुदायले बनाएका भवन अस्पतालको मापदण्ड अनुसारको नभएकोले स–साना निर्माण र उपकरण राख्ने काम भैरहेको छ । संभवत दशैं पछि मात्र विरामी भर्ना लिने योजनामा छौं’ तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले भनिन, ‘चिकित्सालयकालागी आवश्यक अन्य फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाप पनि आई नसकेकोले दशैंपछि धकेलिएको हो ।’


प्राकृतिक चिकित्सालय निर्माण गर्न संघिय सरकारको गत आवमा ५० लाख र थेरापीका उपकरण खरिद गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ५० लाख बजेट खर्च भएको हो । जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन अन्र्तगत दर्ता भएको तातोपानी कुण्ड ब्यवस्थापन समिति मातहत ‘तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालय’ संञ्चालन तयारी भएकोमा बेनी नगरपालिकाले हस्तक्षेप गरी कम्पनी दर्ता ऐन अन्र्तगत फर्म दर्ता भै संञ्चालन गर्न भनेपछि चिकित्सालय संञ्चालन ढिलाई भएको समितिले जनाएको छ ।
‘तातोपानीका पोखरीमा स्थानीयले परम्परागत शैलीमा डुवुल्कि मारेर उपचार गर्थे । अन्य प्राकृतिक उपचार विधी थप्ने निर्णय अनुसार सामुदायीक प्राकृतिक चिकित्सालयको अवधारणा बन्यो । बजेट आयो, काम भए । अन्तीममा कम्पनी ऐन अन्र्तगत संञ्चालन गर्नु पर्ने नगरपालिकाले भनेपछि सोही प्रकृयामा छौं’ तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचवि कृष्ण खड्काले भने, ‘चिकित्सालयको सवै सेटअप भैसक्यो । सवै प्रकृया पुरा गरी दशैंपछि प्राकृतिक अस्पतालबाट सेवा सुरु हुन्छ ।’
यहाँका तातोपानीका पोखरीहरुमा एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका विरामी प्राकृतिक चिकित्सा मानिएको डुबेर उपचार गराउँदा लाभ पुगेको धेरै अनुभव छन । विरामीको तातोपानीमा डुबेर निको भएको वचन विज्ञापनकै आधारमा वर्षेनी सयौं विरामी यहाँ आउने गरेका छन ।

तातोपानीमा प्राकृतिक चिकित्सालय सुरु भएसँगै पर्यटकको आगमन बढ्ने विश्वासमा पर्यटन पूर्वाधारमा पनि लगानी बढेको छ । बेनीका प्रमोद श्रेष्ठले तातोपानीमा ५० करोड लगानीमा विआईपी विरामीलाई लक्षित गरी श्रेष्ठ हटस्प्रीङ होटल सञ्चालन तयारीमा छन ।
म्याग्दी जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनारामा ८ स्थानमा प्राकृतिक तातोपानीका मुलहरु छन । यहाँका स्थानीयले भने परम्परादेखी नै तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) प्राकृतिक उपचार गर्थे । यी मध्य बेनी नगरपालिका, ४ स्थित म्याग्दी खोला किनाराको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका, २ स्थित कालीगण्डकी किनारको भुरुङ–तातोपानीको मुहान बढी प्रख्यात छन । सिङ्गा तातोपानीमा विरेनुन र भुरुङ्ग र नारच्याङ्ग तातोपनीमा नुनको गन्ध र स्वाद पाईन्छ । अन्य स्थानका तातोपानी भने गन्ध रहित छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल