FLASH NEWS
  • Loading...

रघुगंगा गापाले गर्याे २०७७/०७८ समिक्षा

  • पुनहिल डट कम
  • २ साल अघि
  • २०९ पटक पढिएको
रघुगंगा गापाले गर्याे २०७७/०७८ समिक्षा

रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रगतिको समिक्षा गरेको छ।

रघुगंगा गापाले शनिवार जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारीको उपस्थितमा बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको गरेकाे हाे । कार्यक्रमकाे गण्डकी प्रदेश सांसद विनोद केसीले उद्घाटन गरे ।

कार्यक्रममा मापदण्ड अनुसार स्वमुल्याङ्कन गर्दा रघुगंगाले आथिर्क बर्ष ०७७/७८मा ७०.२५ अंक प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताए । गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह, कार्यालय ब्यवस्थापन विकास आयोजना संचालन, पारदर्शीता, सुशासन लगायतका विषयमा स्वमूल्याकंन भएकोे सुवेदीले जानकारी दिए । 

कार्यक्रममा हाइड्रोसंग गरेको सभ्झौता अनुसार प्रभावित जनताले पाउने सुविधा समयमै उपलब्ध गराउन, वडा नम्वर ४ मा सचिवको ब्यवस्था, स्थानीय नदीजन्य स्रोतमा हाइड्राको हस्तक्षेप, समयमै सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, योजनामा बेरुजुको समस्या हटाउने, योजनाहरुलाई समयमै सम्झौता र कार्यान्वयनमा जोड, सेवाप्रवाहलाई प्रभावकारी रुपमा संचालन तथा सूचना प्रभावकारी रुपमा अनलाईन अपटेड गराउन ध्यानकर्षण गरेका थिए ।