FLASH NEWS
  • Loading...

म्याग्दीका चार पालिकामा निर्विरोध नेतृत्व चयन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३० पटक पढिएको
म्याग्दीका चार पालिकामा निर्विरोध नेतृत्व चयन

नेकपा एमालेको मंगलवारदेखी सुरु भएको गाउँ तथा नगर अधिवेशनमा म्याग्दीका ६ मध्य चार पालिकामा निर्विरोध अध्यक्ष समेत नेतृत्व चयन भएका छन ।
रघुगंगा गाउँपालिकाको अध्यक्षमा दीपक कार्की अध्यक्ष, गमबहादुर पुन उपाध्यक्ष, झलक शर्मा सचिव, र दुई जना उपसचिवमा दीपा पुन र यामकुमारी पुन ५८ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ ।


मालिका गापामा बेगप्रसाद गर्वुजा अध्यक्ष, उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी, उपसचिवमा भुपेन्द्र दर्जी र धनबहादुर बोहोरारहेको ६१ सदस्यीय कमिटी चयन भएको छ ।

मंगला गाउँपालिका अध्यक्ष समेत रहेका सतप्रसाद रोका एमालेको पालिका अध्यक्षमा चयन भएका छन । उपाध्यक्षमा पेमा अधिकारी, सचिव चिरन्जिवी शर्मा उपसचिवमा चक्रलाल पाण्डे र दर्पण रोका मगर चयन भएका छन ।


दुर्गम धवलागिरी गाउँपालिकामा होमबहादुर थापा अध्यक्ष, राजाराम सुवेदी उपाध्यक्ष, रेशम छन्त्याल सचिव र विजय घर्ती मगर र तिलक पुन उपसचिवमा चयन भएका छन ।


सदरमुकाम बेनी रहेको सवैभन्दाबढी जनघनत्व तथा पार्टी सदस्य रहेको बेनी नगरपालिकामा ओली प्यानल चन्द्र केसी र १० वुंदे पक्षधर राजकुमार थापा विच अध्यक्षमा सर्वसम्मत हुन नसक्दा अधिवेशन वुधवारसम्मकालागी स्थगित गरिएको एमाले जनाएको छ ।
‘महिला, भुगोल, आरक्षण समेतमा सर्वसम्मत भएपनि पदाधिकारी र खुल्ला सदस्यहरुमा टुङ्गो नलागेकोले बुधवार विहान ११ बजेसम्मकालागी स्थगित गरेका छौं । यस विचमा सर्वसम्मत गराउने प्रयास रहन्छ । सर्वसम्मत नभए प्रजातान्त्रिक अभ्यासमा जान्छौं’ एमाले म्याग्दीका अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘भर्खरै सानोठूलो विभाजन भोगेका कमरेडहरु विच सवैलाई समेट्ने गरी सहमति जुट्ने विश्वास छ ।’
त्यसैगरी उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकामा भने आयोजक कमिटीका अध्यक्ष खड्ग गिरी अस्पतालमा उपचाररत रहेकोले अधिवेशन मिती तोकिने भएकाे छ ।