FLASH NEWS
  • Loading...

शिख माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९२ पटक पढिएको
शिख माध्यामिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चाइना फाउन्डेन फर पोभर्टी एलिभिएसन र एनसिएफसी संस्थाले अन्नपुर्ण गाउँपालिका ५ स्थीत शिख माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री सहितको झोला बितरण गरेका छन ।  बिहिबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि झोला बितरण गरेको हो ।

फाउन्डेसनका म्याडम झउ, र एनसिएफसीका प्रमुख अनुप भट्टराई, लुजा मानन्धर र ज्योति खड्काले शिख माध्यामिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६१ जना छात्रा सहित ११३ जना बिद्यार्थीहरुलाई झोला बितरण गरिएको थियाे ।

झोलामा कापी, कलम, टिफिन बक्स, टुथपेस्ट, टुथब्रस, टावेल, पानीको बोटल, ज्यामिटि बक्स, कलर बक्स, मास्क, चित्र बनाउने कापी, स्वास्थ्य बक्स, ब्यान्डेज, स्टेसनरी बक्स, लगाएत १९ प्रकारका सामग्री समावेश गरिएको छ ।