- Loading...
घारखोला हाइड्रोको टनेल ‘व्रेक थ्रु’
- पुनहिल डट कम
- ३ साल अघि
- २५८ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ६ घारमा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
म्याग्दी हाईड्रोपावर प्रालिले निर्माण गर्न लागेको अन्नपूर्ण गाउँपालिका गापा, ५ कुरिलाखर्क स्थित बाँध स्थलबाट सोही गापा, ६ घारको अमिलाकाफलसम्म तिन किमी लामो सुरुङ्ग निर्माण पुरा भएको आयोजनाका इन्जिनियर जोशेफ बज्राचार्यले बताए ।
आयोजनाले आउटलेटबाट १२ सय मिटर भीरालो पाखामा पेनस्टक पाईपबाट पानी ल्याई बेनी–जोमसोम सडकको पोखरेबगरमा विधुत गृहमा खसाल्ने योजना छ । ०७४ चैत ६ गतेबाट निर्माण सुरु गरेको आयोजनाले ०७९ असारमसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । इन्जिनियर बज्राचार्यका अनुसार समग्रमा आयोजना ६२ प्रतिशत काम सम्पन्न भएको छ ।
‘थ्रि सि’ मोडेलमा निर्माण हुन लागेको घारखोला जलविधुत प्राधिकरणको सिभिल इन्जिनियर्स साउथ एशियन इन्फाइस्टक्चर प्रालि, इलेक्ट्रो मेकालिकलमा सिमर इनर्जी प्रालि भारत, हाइड्रो मेकालिकलमा सिई हाईड्रो मेकालिकल प्रालि, ट्रान्समिसनको काम रोयल कन्ट्रक्सुन प्रालि र परामर्शदाताको रुपमा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड रहेका छन ।
२ अर्व ४१ अर्व लागत अनुमान गरिएको आयोजनमा एनएमवि बैंकको नेतृत्वमा एनआइसी एशिया, कुमारी र प्राईम कर्मसियल बैंक रहेका छन । आयोजनामा आयोजनाको नागरिक उर्जा बुटवल लिमिटेड लगानी कर्ता कम्पनीको रुपमा रहेको छ ।
आयोजनाले हाल बाँध तर्फको काम ९० प्रतिशतबढी, टनेल ८० प्रतिशत प्रगति भएको तथा पेनस्टक, पावरहाउस निर्माण र दानास्थित सवस्टेसनसम्मका प्रशारण लाईनको काम भैरहेको जनाएको छ ।
‘देशका धेरै र विदेशका समेत हाइड्रोको डिजाईन गरेको अनुभवको आधारमा यहाँको काम गरिरहेका छौं । कमजोर भुधरातल भएको यो योजनामा पनि हामी सफल रह्यौं’ आयोजनाका परामर्शदता हाइड्रो कन्सल्टेन्ट इन्जिनियर्सका मनोहर श्रेष्ठले भने, ‘आयोजनाको इनलेटबाट १६ सय ५ मिटर र आउटलेटबाट १४ सय मिटर लामो अडिट विना टनेल ब्रेक भएको छ । अडिट विना ३ मिटर डायग्रामको अडिट संभवत नेपालकै पहिलो हो ।’
८.३ मेगावाट क्षमताको विधुत खरिदविक्री सम्झौता गरेको आयोजनाले बाँध निर्माणस्थललाई ३ किमी माथी कुरिलाखर्कमा सार्दा थप भएको ५.७ मेवा विधुतको लागी सैद्धान्तिक सहमति जुटेपछि निर्माण शुरु गरेको जनाएको छ । उत्पादित विजुली ६ किमी माथी निर्माणाधिन दाना सवस्टेसनमा जोडिने छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
