FLASH NEWS
  • Loading...

परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध सर्वोच्चमा रिट दायर

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२२ पटक पढिएको
परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध सर्वोच्चमा रिट दायर

परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल न्यौपानले मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै सर्वोच्चमा रिट हालेका हुन् ।

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जानु अघि असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

खड्काले संविधानको धारा ८० बमोजिम शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो । उक्त धारामा उल्लेख गरिएको ‘संघीय कानुन बमोजिम’ भन्ने व्यवस्थालाई पालना नगरिएको रिटमा जिकिर गरिएको छ।

उक्त रिटको पेशी बुधबारका लागि तोकिएको छ ।