- Loading...
कर्णालीका मुख्यमन्त्रीकाे मालाकाे मूल्य एक लाख!
- पुनहिल डट कम
- ३ साल अघि
- १४८ पटक पढिएको

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकाेप्टरका शाैखिन छन्।
उनकाे याे भ्रमणमा अर्काे अनाैँठाे दृष्य देखियो। गलामा मालाकाे भारी। शाही र बुढासँगै खर्चे बेहाेर्ने डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकायाकाे गलामा ४०/४० किलाेकाे १ लाख मूल्यकाे माला थियाे।
हिमाली पाटनको फूल ल्याउन र माला बनाउन एक लाख रुपैयाँ खर्च खर्च भएको गाउँपालिका स्राेतले जानकारी दिएकाे छ । जसमा श्रमिककाे ज्याला पनि जाेडिएकाे छ। उनै मुख्यमन्त्री हेलिकाेप्टर चढेर शनिबार डाेल्पा पुगे। इन्धन खर्च जगदुल्ला गाउँपालिकाले तिरेकाे छ।
शनिबार डोल्पाको जगदुल्ला गाउँपालिका-६ स्थित एक आवासीय विद्यालय र गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न मुख्यमन्त्री शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बुढा हेलिकप्टर चढेर गएका डोल्पा पुगेका थिए।
१ करोड २३ लाख ८६ हजार रुपैयाँ लागतमा दलित आवासीय विद्यालय सञ्चालन भएको र विद्यालयमा पालिकाले ७० प्रतिशत र प्रदेश सरकारकाे गरी चार करोड ४३ लाख १० हजार खर्च गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
