FLASH NEWS
  • Loading...

बागलुङमा बिउ जोगाउने अभियान

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३७४ पटक पढिएको
बागलुङमा बिउ जोगाउने अभियान

स्थानीय तहको निर्वाचनपछि कृषि विकास कार्यालय खारेजीमा पर्दा लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउने अभियानमा कृषि ज्ञान केन्द्रले काम थालेको छ ।

किसानले हरेक वर्ष घरमै उत्पादन गरेको बिउ राख्दा उत्पादन घट्दो थियो । विशेषगरी धान खेतीको बिउ घरायसी रुपमा राख्दा उत्पादन घटेकोमा यो वर्षदेखि बढाउने काम थालिएको केन्द्र प्रमुख भानुभक्त भट्टराईले बताए ।
‘एउटै बिउबाट हरेक वर्ष उत्पादन लिने र फेरि त्यही बिउ प्रयोग गर्दा उत्पादन घट्ने गर्छ,’ भट्टराइले भने, ‘किसानलाई यो कुरा बुझाइदिने कोही थिएन, अहिलेमात्रै हामीले बुझाएर बिउ नयाँ वितरण गरेका छौं ।’ बागलुङमा २०७२ सालपछि नयाँ प्रजातिको धानको बिउ वितरण भएको थिएन । चालु वर्ष भने किसानलाई कृषि अनुसन्धान केन्द्र लुम्लेमा उत्पादित बिउ ल्याएर वितरण गरिएको उनले बताए ।

ल्गातार धेरै वर्ष सम्म एउटै बिउ प्रयोग गर्दा धानको पराल छोटो हुने, उत्पादन घट्ने लगायतको समस्या हुने गरेको भट्टराईको कथन छ । बागलुङमा राधा ७ र राधा ९, पोखरेली तथा जेठो बुढो धान बढी लगाइने गरिएको छ । बेसी क्षेत्रमा राधा ४ र साबित्री धान पनि लगाइने गरिएको छ । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार बागलुङमा २२ हजार ५ सय मेट्रिकटन धान फल्ने अनुमान छ । यस अघिको तुलनामा चालु वर्ष अझै बढ्ने उनले बताए । बर्षातले धानकालागि समय अनुकुल भएको हो ।

त्यस्तै किसानको आफ्नै पहलमा उत्पादन भइरहेको मुलाको बिउलाई अझै बढाउने र बजारीकरणमा पनि कार्यालयले काम थालेको छ । जैमिनी नगरपालिकामा मुलाको बिउ उत्पादन हुन्छ । चालु वर्ष आलु खेती समेत बढाउन पहल भएको सूचना अधिकारी कुमार पुनले बताए ।

बागलुङको ताराखोलामा उत्पादन बढेपनि मौसमी समस्याले आलु कुहिएको थियो । कार्यालयले ड्याङ बनाएर मात्रै आलु उत्पादन गर्न सुझाव पनि दिएको छ । साथै एक वर्षमा बागलुङमा २ सय १० मेट्रिकटन आलु फलेको छ । त्यसकालािग ३ हजार केजी आलु लगाइएको थियो ।

कृषि ज्ञान केन्द्र बागलुङको आलु प्रवद्र्धनात्मक कार्यक्रममार्फत उक्त उपलब्धि भएको हो । कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७÷०७८का कार्यक्रममा ८० देखि ९० प्रतिशत सम्म उपलब्धीको दावी गरेको छ । गत वर्ष संचालित आलु प्रवद्र्धन विशेष कार्यक्रममा ९९ दशमलब ४७ प्रतिशत उपलब्धी गरेको कार्यालयको तथ्यांक छ । *ढाेरपाटनन्युजबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल