FLASH NEWS
  • Loading...

मोना कतार अनलाईन वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट पाँच छनौट

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८६ पटक पढिएको
मोना कतार अनलाईन वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट पाँच छनौट

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आयोजना गरेको अन्तर माध्यामिक विद्यालय स्तरीय अनलाईन वक्तृत्वकला प्रतियोगिताको तेस्रो चरणबाट उत्कृष्ट पाँच जना फाईनल प्रतिस्पर्धाकालागी छनौट भएका छन ।
‘अवास्तविक (भर्चुअल) पढाई, यसका जटिलता, प्रभावकारीता र समाधानको उपायसहित स्थानीय सरकारसँग तपाईको सुझावसहितका अपेक्षा’ शीर्षकमा भएको तेस्रो चरणको अनलाईन वक्तृत्वकला प्रतियोगितामा न्यू वेष्टपोइन्ट आवसीय मावि बेनीकी शिल्पीका जिसी, प्रकाशमावि बेनीकी सृजना केसी, जामुनाखर्क माविकी विनिता सुवेदी, बेनी सामुदायीक माविकी सुमित्रा पौडेल र न्यूवेष्टपोइन्टका प्रज्वल मल्ल छनौट भएको मोना कतारले जनाएको छ ।
वक्तृत्वकलाको अनितम प्रतिस्पर्धा भने असोज २३ गते सदरमुकाम बेनीमा भौतिक रुपमा आयोजना गरिने र स्थान, समय र शिर्षक भने इमेल मार्फत तीन दिन अघि जानकारी दिईने मोना कतारका महासचिव अजय कुँवरले बताए ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्तोना हुने दुई जना सहभागीले क्रमश: नगर २० हजार, १५ हजार, १० हजार र पाँच हजार तथा प्रमाण प्राप्त गर्ने पनि मोनाले जनाएको छ ।