- Loading...
नारायहिटी दरबारबाट श्रीपेच चोर्न खोज्ने पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- २३० पटक पढिएको

काठमाण्डूस्थित नारायणहिटी राजदरबार सङ्ग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिएको श्रीपेच झिक्ने प्रयास गरेका एक पुरुषलाई नेपाली सेनाले पक्राउ गरेको छ ।
शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए ।
श्रीपेच राखिएको शोकेस फुटाउन खोजेपछि सङ्ग्रहालयका सुरक्षामा रहेका सेनाले नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएकाे हाे । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
पक्राउ परेका घर्तीले शोकेसमा राखिएको श्रीपेच निकालेर लगाउन खाेजेकाे बयान गरेकाे प्रहरीले जनाएकाे छ । घर्तीले श्रीपेच राखिएको रूपन्देही कक्षबाट खुकुरी निकालेर शोकेस फुटाउने प्रयास गरेका थिए।
सेनाका अनुसार श्रीपेच बुलेट प्रुफ सिसामा रहेको र त्यहाँ रहेका विद्युतीय उपकरणले पनि नजिक पुग्न खोजे जनाउ दिने गर्छन्।
तत्कालीन राजा वीरेन्द्र शाहदेखि ज्ञानेन्द्र शाहले लगाएको श्रीपेच नयाँ बानेश्वरका प्रेमलाल श्रेष्ठले २०३१ सालमा बनाएका बताइन्छ। राजतन्त्रात्मक व्यवस्थाको अन्त्यसँगै पूर्वराजा ज्ञानेन्द्र शाहले “जनताको नासो” भन्दै सरकारलाई श्रीपेच र राजदण्ड हस्तान्तरण गरेको एक दशकभन्दा बढी भइसकेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
