- Loading...
बेनी अस्पतालले गऱ्यो गत वर्ष गरेका कामको समिक्षा
- पुनहिल डट कम
- ३ साल अघि
- १८० पटक पढिएको

बेनी अस्पतालले आर्थिक वर्ष ०७७/०७८ मा सम्पन्न गरेका कामको शुक्रवार एक कार्यक्रम विच सरोकारवाला राखेर समिक्षा गरेको छ ।
कार्यक्रममा अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा.जीतेन्द्र कंडेलले कोरोना कहर, जनशक्तिको अभाव, भौतिक संरचनाको अस्तब्यस्तताका वीचमा पनि गरिएका राम्रा काम, थपिएका विभिन्न सेवा, संकटका वीचमा पनि गरिएका प्रयासहरु र चाहेर पनि गर्न नसकिएका कामहरुको फेहरिस्त सुनाए ।
समिक्षा कार्यक्रममा पत्रकार महाँसघका अध्यक्ष प्रकाश पौडेल, जनस्वास्थ कार्यालय प्रमुख एकनारायण लम्साल, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, बेनी नगरपालिकाका मेयर हरीकुमार श्रेष्ठ समेत सरोकारवालाले बेनी अस्पतालमा जनशक्ति, भवन समेतका भौतिक पूर्वाधार मात्र होईन, खानेपानी, विधुतको समेत चर्को समस्याले काममा अवरोध पुऱ्याएको चर्चा गरियो ।
कार्यक्रममा बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष वेलबहादुर कटुवालले ब्यवस्थापन समिति, अस्पताल प्रशासन, डाक्टरहरुको टिम र स्वास्थयकर्मीहरुको एकतावद्ध र लयवद्ध प्रयासले कोरोना महामारीका विचपनी उल्लेख्य काम गर्न सकिएको भन्दै डाक्टरहरु समेत स्वास्थ्यकर्मीको उत्साहको प्रशंसा गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
