- Loading...
जातिमा ‘खस’, धर्ममा ‘मष्ट’ लेख्न खस अगुवाको अपील
- पुनहिल डट कम
- ३ साल अघि
- ३०७ पटक पढिएको

राष्ट्रिय जनगणना सुरू भएसँगै विभिन्न जातिय समुदायमाझ चासो बढ्न थालेको छ ।
‘संविधानमा खस र आर्य एकै ठाउँ राखेर हामीलाई अन्याय भएको ठानेका क्षत्रीले ‘जातमा क्षत्री र धर्ममा मस्टो लेखाउने अभियान सुरु गरेका छन । देशको कुल जनसंख्याको पहिलो हिस्सा क्षत्रीको रहेको छ । यधपी क्षत्री भित्र पनि खस र अार्य फरक फरक जाति भएकाे कुरा पनि उठेकाे छ ।
त्यसैगरी मगर समुदाय भित्र पनि पुनहरूले अाफुहरूलाइ छुट्टै जाति भएकाे भन्दै जातमा पुन, धर्ममा कर्रपाकेली लेख्ने अभियानमा छन ।
खस समुदायका मानिसहरुलाई जनगणनाको फारम भर्न आउने सरकारी कर्मचारीसँग समन्वय गरी धर्मको महलमा ‘मष्ट’ र ‘जाति’को महलमा ‘खस’ लेख्न अाग्रह गरेका छन । नेपाली मातृभाषा हुने पहाडे क्षेत्री, ठकुरी, सन्न्यासी, कामी, दमाई, गाइनेलाई खस जाति भनेर चिनाउने चलन छ। हिजोआजचाहिँ विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिमका नेपाली मातृभाषीहरूले आफू र आफ्नो मातृभाषालाई गर्वसाथ खस भनेर रूचाउँछन ।
खसहरु प्रकृति पुजक हुन । खस अगुवा भन्छन्, ‘हामी खस हौं, हामीलाई पछि मात्रै आर्यमा मिसाइएको हो, त्यसकारण हामी खस नै रहेको आफ्नो फरक परिचय दिन चाहन्छौं, यही उद्धेश्य लिएर हामीले आगामी जनगणनामा खसहरुको फरक पहिचान स्थापित गर्न चाहेका छौं ।’ प्राचीन कालदेखि नै पश्चिम नेपालमा र देशैभर छरिएर रहेका खसहरुलाई आर्यकरण गर्ने अभियानसँगै खसहरुको भूगोल, संस्कृति, भाषा र परम्परालाई पनि आर्यकरण गरिएको उनको भनाई रहेको छ ।
यसैबीच विश्व मष्ट धर्म महासंघको काठमाडौंमा बसेको कन्द्रीय समितको बैठकले जनगणनामा खस समुदायलाई आफ्नो इतिहास र पहिचानलाई र आफ्ना सन्ततिहरुले सम्मानपूर्ण स्वतन्त्र पहिचान, समान अधिकार र आत्मगौरवपूर्ण जीवन व्यतित गर्न घरघरमा आउने गणकहरुलाई जातिमा ‘खस’ र धर्ममा ‘मष्ट’ लेख्न र लेखाउन अपील गरेको छ ।
नेपालका खस समुदाय आफ्नो समुदाय सम्पूर्ण जनसंख्याको १६.४ प्रतिशतको संख्यामा रहेको र जनसंख्याको आधारमा आफूहरुले राज्यबाट पाउने सुविधा जनसंख्याको आधारमा पाउनु पर्ने माग राखिरहेका छन् । खस संस्कृतिलाई लगभग ११औं सताव्दीदेखि हिन्दूकरण गरिएकोले त्यसरी अतिक्रमण गरिएको मष्ट संस्कृतिलाई ब्यूँताउने अभियानमा पनि खस अगुवाहरु लागिरहेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
