FLASH NEWS
  • Loading...

यस वर्षकाे दशैंमा टिकाकाे शुभसाइत बिहान १० बजेर २ मिनेटमा

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९९ पटक पढिएको
यस वर्षकाे दशैंमा टिकाकाे शुभसाइत बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यही असोज २९ गते शुक्रबारका दिन परेको विजयादशमीको दिन टिका लगाउनेहरुको लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ ।

समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउने गरिन्छ ।

समितिका अनुसार असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।

असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा.अधिकारीले बताए ।

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।