FLASH NEWS
  • Loading...

एनआरएनको १० औं राष्ट्रिय सम्मेलनमा मोनाको उपस्थिती

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४३ पटक पढिएको
एनआरएनको १० औं राष्ट्रिय सम्मेलनमा मोनाको उपस्थिती

गैरआवसीय नेपाली संघ (एनआरएनए)को अासन्न १० औं राष्ट्रिय सम्मेलनमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)आवद्ध ७ जनाले केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, सचिव समेत विभिन्न पदमा फरक–फरक प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन ।
अघिल्ला वर्षहरुमा दलिय स्वार्थमा रुमलिएको म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यस पटक भने राजनैतिक आस्थाबाट माथी उठेर मोनाको उपस्थितीलाई मजवुद बनाउन खोजेको छ । 
एनआरएनएको अासन्न १० औं राष्ट्रिय सम्मेलनमा म्याग्दी पुख्यौली घर भै अमेरिका बसोबास गर्दै आएकी रविना थापाले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन ।
त्यसैगरी केन्द्रीय उपाध्यक्ष पदमा म्याग्दी घर भै वेल्जियममा वसोबास गर्दै आएका शिवकुमार बरुवालले उम्मेदवारी घोषणा गरेका छन । वरुवाल मोनामा लामोसमयदेखी सकृय रहेका छन । त्यस्तै मोनाको संस्थापक मध्यकी एक म्याग्दी घर भै हङकङमा कर्मथलो बनाएकी राधिका गुरुङ (टिका)ले एनआरएनएको केन्द्रीय महिला सचिवमा उम्मेदवारी घोषणा गरेकी छिन ।
त्यसैगरी एनआरएनएको क्षेत्रिय संयोजक र उपसंयोजकमा पनि म्याग्देलीहरुले शसक्त दावी गरेका छन । एनआरएनएको एशिया प्यासेफिक क्षेत्रिय संयोजकमा विनोद कुँवर (कोरिया)ले र न्युजिल्याण्डमा बसोबास गर्ने लाल केसी (न्युजिल्याण्ड)ले ओसियाना क्षेत्रिय संयोजकमा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनएको एसिया प्यासेफिक क्षेत्रिय उपसंयोजकमा दधिवल खड्का (जापान)ले र मध्यपूर्व उपसंयोजकमा बहराईनमा रहेका लालप्रसाद पुनले उम्मेदवारी घोषणा गरेका छन ।