- Loading...
अनअराइभल भिसा खुल्यो, खोपको पूर्ण मात्रा लगाउनुपर्ने
- पुनहिल डट कम
- ३ साल अघि
- १५२ पटक पढिएको

नेपाल सरकारले दुई वर्षअघि बन्द गरेको अनअराइभल भिसा खुला गरेको छ । कोरोना महामारी फैलिएसँगै सरकारले रोक लगाएको अनअराइलल भिसा प्रक्रिया संक्रमणदर कम भएसँगै बिहीबारदेखि खोलेको हो ।
अनअराइभल भिसाका लागि कोभिडको पूर्ण खोप भने लगाएको हुनुपर्ने छ । सरकारले ०७६ चैतदेखि विदेशीलाई अनअराइभल भिसा बन्द गरेको थियो । कोरोना संक्रमणदर कम हुँदै जाँदा सबै क्षेत्र खुले पनि सरकारले पर्यटन क्षेत्रमाथि लगाएको नियम खुकुलो नबनाउँदा पर्यटन व्यवसागीहरू आक्रोशित थिए । २२ वटा पर्यटन व्यवासयी संघसंस्थाले संयुक्त रूपमा पर्यटकले क्वारेन्टिनमा बस्नु पर्ने र अनअराइभल भिसा खोल्नुपर्ने माग सरकार समक्ष गर्दै आएका थिए ।
पर्यटकले क्वारेन्टिमा पनि बस्नु नपर्ने
सरकारले अब विदेशबाट आएका पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने जनाएको छ । तर नेपाल आउँदा पीसीआर परीक्षण तथा खोप लगाएको प्रमाणपत्र भने अनिवार्य बोक्नुपर्नेछ । नेपाल प्रवेश गर्नु ७२ घन्टाअघि कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य पेस गर्नुपर्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सडकमार्गबाट नेपाल प्रवेश गरेका पर्यटकलाई नाकामा नै भिसा उपलब्ध हुनेछ । तर, नेपाल सरकारले अध्यागमन प्रवेश बिन्दुमा पुनः एन्टिजेन परीक्षण गर्न सक्नेछ । यदि परीक्षणमा कोरोना पोजेटिभ देखिए अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयले तोकेको आइसोलेसनमा बस्नुपर्नेछ । यस्तै नेपाली नागरिक वा आवासीय नेपाली नागरिक नेपाल आउँदा पूर्ण खोप लगाएको हुनुपर्ने प्रावधान छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
