- Loading...
‘रातो कर माफ गर’, ‘रातो कर खारेजी गर’
- पुनहिल डट कम
- ३ साल अघि
- १३० पटक पढिएको

महिनावारी भएको समयमा प्रयोग गरिने प्याडको मूल्यमा सरकारले लगाएको करको विरोधमा आज माइतीघरमा विरोध प्रदर्शन भएको छ। युथ कांग्रेस नेपालका सदस्यहरूले स्यानिटरी प्याड विलासिता होइन आवश्यकता हो भन्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले सरकारसँग १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्याड तथा अन्य उत्पादनमा लगाइएको कर खारेजीको माग गरेका हुन्। उनीहरूले ‘रातो कर माफ गर’, ‘रातो कर खारेजी गर’ लगायत नारा लगाएका थिए।
सरकारले प्याडलाई बिलासी बस्तु अन्तर्गत राखि १३ प्रतिशत मूल्य अभिवृद्धि कर तथा भन्सार महसुल लगाउने गरेको छ । यसले नेपालको कूल जनसंख्याको ५४ दशमलव ३९ प्रतिशत जनसंख्या रहेका महिलाहरुलाई संविधानद्वारा प्रदत्त मौलिक हक र सार्वभौम मानव अधिकारको उल्लङ्घन भएको दावी गरिएको छ ।
महिलाले महिनावारी अथवा रजस्वाला चक्र भएको बेला प्रत्येक महिना एक हप्ताको लागि स्यानेटरी प्याड प्रयोग गर्दा जीवनकालमा करिब ३८ वर्षसम्म प्याड प्रयोग गर्नुपर्ने हुन्छ । स्यानिटरी प्याडलाई अर्थ मन्त्रालयले ‘लक्जरी वस्तु’को कोटाबाट हटाएर अत्यावश्यक सामग्रीमा सूचीकृत गर्न मागसमेत गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
